गोकर्णेस्वर नगरपालिकामा आन्दोलनको तयारी

समाचार

एबिसि खबर

काठमाडौं, २० मंसिर । राजधानीको गोकर्णेश्वर नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै त्यहाँका सामाजिक अभियानताहरुले आन्दोलन गर्ने भएका छन् । उनीहरुले बिकास निर्माणमा ढिला सुस्ती, लक्षित बर्गको कार्यक्रम अन्य तिर वितरण गरेको, भन्दै आन्दोलनको तयारी गरेको बताएका छन् । नगरपालिकाले नक्सा पास गर्न र घर निर्माण सम्पन्न गर्न लाखौँ भ्रष्टाचार गरेको भन्दै सुदर्शन बजगाई र राजु सुनारको अगुवाईमा भेला सम्पन्न गराई यस्तो निर्णय गरेका हुन् ।

भेलामा सहभागी पुस्पा लिम्बुले भनिन एकल महिलालाई धेरै हेपीएको बताउँदै सामाजिक सुरक्षा भक्ता र लक्षित वर्गको रकम कसरी खर्च भयो भन्ने प्रश्न राखेकी छन् । उनले राज्यले छुट्टयाएको अधिकार सम्बन्धित नागरिकले पाउनु पर्ने बताएकी छन् । त्यस्तै बिहानी एकल महिला समुहकी अध्यक्ष जुमा लामाले आफुहरुले कार्यक्रम गर्न जाँदा पछी सहयोग गर्छु भनेर टालटुल गरेको र कार्यकारी अधिकृतले पछि बेवास्ता गरेको गुनासो सुनाउँदै कार्यक्रमका बारेमा जानकारी हुनु पर्ने बताएकी छन् ।

सामाजिक अभियानता शान्ती श्रेष्ठले अहिले नगरपालिकाले लक्षित बर्गको कार्यक्रम संबंधित कार्यालयलाई जिम्मा लगाएर नगरवासीलाई दुख दिन खोजेकोले त्यस खाले निर्णयको अभिलम्ब खारेजीको माग गर्नु भएको थियो । भेलामा सहभागीले आफुले भोगेको अनुभव सुनाएका थिए । कार्यक्रमको सहजीकरण सुदर्शन बजगाईले गरेका थिए भने कार्यक्रमको बारेमा बोल्दै राजु सुनारले भेला समापन गरेका थिए । भेलाले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि मागको सुनुवाइ नभए आन्दिलनलको आँधिबेरी सिर्जना गर्ने निर्णय गरेको छ ।

कमिसन र लुटतन्त्र बिरुद्ध डटेर लाग्न आफू तयार रहेको राजु सुनारले बताएका छन् । आन्दोलन मार्फत अघि बढेर नगरवासीलाई प्रभावकारी सेवा दिन अब आन्दोलनको बिकल्प नरहेको सुदर्शन बजगाईको भनाई छ ।

Facebook Comments

Leave a Reply