“रूप”को चर्चा गर्दै समीक्षात्मक कार्यक्रम (भिडियो सहित)

काठमाडौं, १४ मंसिर । कुनै समय ‘राम साइली, सुरु है बरु लाकुरीको लंकै पुग्यो जरा’ जस्ता कर्णप्रिय गीत गाइसकेका गायक रूपकुमार राईको छैटाँै एल्बम ‘रूप’ सञ्चार माध्यमहरूबाट सार्वजनिक भएको केही समयपछि एल्बमको समीक्षात्मक कार्यक्रम भएको छ । अरूभन्दा फरक हिसाबले सार्वजनिक भएको एल्बमको विमोचन नगरी यसभित्रको गीतसंगीत सुनिसकेपछि सबैतिरबाट यसको समीक्षा गरिएको यो पहिलोपटक हो । आइतबार भएको एल्बमको समीक्षात्मक कार्यक्रममा अधिकांश सहभागीले एल्बममा रहेको राम्रा तथा नराम्रा कुराहरूको बारेमा टिप्पणी गरेका छन् ।विमोचन गरेर सार्वजनिक गरिने परम्परालाई तोडेर उनले समीक्षात्मक कार्यक्रम गरेका हुन् । अहिलेको परिस्थितिमा आपूm चर्चामा आउन चर्चा परिचर्चा गर्ने, जब आपूm चर्चामा आइसकेपछि, काम गर्दा झारोटार्ने काम मात्र गर्ने अहिलेका चर्चित भनिएका कलाकारहरूको परिपाटी रहेकोमा गायक रूपकुमार राईभित्रको लगनशीलता काम गर्ने क्षमतालाई हेर्दा उनी एक शालिन अनि क्षमतावान गायकको रूपमा भेटिन्छन् । काम गर्दा कति पनि घमण्ड नगर्ने गायक रूपकुमार मिजासिलो स्वभावको, सबैसँग आत्मीयता भएर काम गर्ने गरेको देखिन्छ ।

रूप एल्बमको गीतहरू युट्युबमा सार्वजनिक भएको छोटो समयमै चर्चा बोलको गीतलाई ७७ हजारभन्दा बढी दर्शकहरूले हेरिसकेका छन् । चर्चा बोलको गीतलाई वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले लेखेका छन् भने, यो गीतमा बरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राईले संगीत भरेर लयबद्ध गरेका छन् । अहिलेकी चल्तीकी नायिका केकी अधिकारी र जीवन भट्टराईले सशक्त अभिनय गरेको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ ।

यस्तै, रूप एल्बममा रहेको दोस्रो गीत ‘सधँै तिमी मुस्कुराउनु, फक्रिएको फूलसरी’ बोलको गीतलाई मलेसियामा रहेका गीतकार बलबहादुर राईले लेखेका हुन् भने, यो गीतमा संगीत भरेका छन् संगीतकार सचिन शिंहले । त्यस्तै एल्बममा रहेको अर्को गीत ‘न त लगेउ मलाई साथ, बढ्यो दिलको खाटो, अध्याँरोले छोप्नै छोप्यो, आपूm हिँड्ने बाटो’ बोलको गीतलाई शब्द रचना गरेका छन् गीतकार देवान चाम्लिङ(पृथ्वी)ले भने यो गीतलाई संगीत भरेका छन् संगीतकार महेश खड्काले । यसैगरी यही एल्बमा रहेको अर्को गीत भने बोनस गीतको रूपमा ‘तिम्रो मनमा के छ, थाहा छैन केही, मेरो मनमा जे छ भए हुन्थ्यो त्यही’ बोलको गीतलाई शंकर अधिकारी घायलले शब्द रचना गरेका हुन् भने, महेश खड्काले नै यो गीतलाई पनि लयबद्ध गरेका छन् ।

समीक्षात्मक कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार भूपाल राईले भने, सांगीतिक दुनियाँमा १८ वर्ष यात्रा पार गरिसकेका गायक रूपकुमार राई समय सापेक्षित गायक हुन् । अहिलेको जमानामा सफल गायक हुनलाई स्वर मात्र भएर पुग्दैन, चेतनाले भरिएको गीत गाउन सक्नुपर्छ । यसर्थ, रूपकुमार स्वर र साधना भएको एक प्रतिभावान गायक हो भन्नेमा कुनै २ मत छैन । रूपकुमारको पछिल्लो एल्बम र गीतहरू सफल र स्रोताहरूको मनमा बस्न सक्नुको कारण पनि यही हो । कार्यक्रममा प्राज्ञ शान्तिराम राईले आफ्नो सांगीतिक लामो यात्रामा बनेको गीत मध्ये यो गीत अत्यन्तै राम्रो बनेकोमा आपूm धेरै खुसी रहेको बताए । धेरै समय अगाडि बनेको गीत ‘धोका दियौ तिमीले, कलेजीमा घाउ लाग्यो, बिछोडको गोलीले बदनाम दाग लाग्यो, तिमी तारे भिर म त लहरा’ जस्तै यो गीतले पनि चर्चा कमाएकाले मलाई खुसी तुल्याएको बताए ।

यस्तै कार्यक्रममा डा. कृष्णहरि बरालले आपूmले लेखेको गीतलाई गायक रूपकुमार राईले न्याय दिएकोमा आपूm खुसी रहेको बताउँदै गायक रूपकुमार राईलाई प्रगति र उन्नतिको साथमा बधाई दिए । कार्यक्रममा वरिष्ठ गीतकार डा.कृष्णहरी बराल, वरिष्ठ गीतकार भूपाल राई, संगीतकार प्राज्ञ शान्तिराम राई, गायक रूपकुमार राईलगायत अन्यको उपस्थिति रहेको थियो ।

यस्तो भिडियो…

Facebook Comments

सम्बन्धित

Leave a Comment