जनसरोकार बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

एविसि खबर

११  मंसिर, काठमाडौ । जोरपाटी–१३, काठमाण्डौँमा सञ्चालित जनसरोकार बचत तथा ऋण सहकारी संस्था लि.को १० औँ बार्षिक साधारण सभा  सम्पन्न भएको छ । रु.२५ लाख ६७ हजार शेयर पूँजी रहेको उक्त सहकारीको रु. १ करोड २२ लाख पूँजी रहेको  छ । सहकारीले आर्थिक बर्ष  ०७२÷७३ मा २९ लाख ३४ हजार कुल आम्दानी गर्न सफल भएको छ भने, गत आ.ब.को नोक्साjanaनी न्यून गरी १ लाख २ हजार खुद मुनाफा गर्न सफल भएको छ ।  सहकारीका अध्यक्ष आसा राईले संस्थाको बार्षिक प्रतिवेदन सार्वजानिक गर्दै, निकट भविष्यमा रेमिटेन्स सेवा सञ्चालनमा ल्याउने योजना भएको बताउनु भयो ।

काठमाण्डौँ वचत तथा ऋण सहकारी संघ (काष्टुन) का कोष अध्यक्ष गोविन्द काफ्लेको प्रमुख आथित्यमा पानसमा दिप प्रज्वलन गरी उत्घाटन गरेको उक्त सभाको  अध्यक्षता जनसरोकार  बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष  आसा राईले गर्नुे भएको थियो । कार्यक्रममा विविध सांस्किृतिक नृत्य तथा गायक सुरेन्द्र नाछिरिङ, पविन पल, राजेन्द्र केरुङ, निशन राई लागायतका कलाकारहरुको सांगितिक प्रस्तुती रहेको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment