नवोदित गायक सुनिलका नशालु आँखा

एविसि खबर

८ मंसिर, काठमाडौ । नवगायक सुनिल मगरले “नशालु तिम्रो आँखैमा…. ” बोलको गीत बजारमा ल्याएका छन् । रोमान्टिक बेशमा निर्माण गरिएको गीतमा गायक एवम् संगीतकार राज शाहीले उत्कृष्ट रचना र संगीत भरेका छन् । यो गीतलाई दर्शकले रुचाउने गायक तथा संगीतकार राज शाहीको विश्वास छ । गीतको संगीत संयोजन गोपाल रसाईलीको रहेको छ । गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । निकेश खड्काको निर्देशन रहेकोे म्युजीक भिडीयोमा माला लिम्बु र रोशन श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा रुपेश थापाको छायाँकन र सतिज श्रेष्ठको सम्पादन रहेको छ । साङ्गीतिक क्षेत्रमा उदाउदो नवगायक सुनिलको पहिलो प्रयास युवा पुस्तालाई लक्षित गरेर बनाइएको संगीतकार राज शाहीले जानकारी दिए । नेपाली साङ्गीतिक बजारमा भर्खरै आएको यस म्युजिक भिडियोले सम्पूर्ण संगीत प्रेमी हरुको मन जित्नेमा गायक सुनिलसमेत बिश्वस्त छन ।

Facebook Comments

सम्बन्धित

Leave a Comment