आगलागी पीडित वस्तिमा प्रधानमन्त्री

एविसि खबर
भोजपुर, ८ मंसिर । प्रधानमन्त्रि पुष्पकमल दहालले भोजपुर सदरमकामका आगलागि पिडितहरुलाई सरकारले दिने राहात तथा पुनस्थापनका लागि तत्काल पहल थाल्ने बताएका छन् । गत आइतबार भएको आगलागिबाट भएको क्षतिको अनुगमनमा मंगलवार भोजपुर पुगेका प्रधानमन्त्रिले पीडित परिवारहरुको अपेक्षा सुनेपछि यस्तो बताएका हुन् ।

प्रधानमन्त्रि दाहालले आगलागि पीडितहरुका लागि राहातका प्याकेज बनाएर गृह मन्त्रलयमा पठाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएका छन् । आगलागि पिडितहरुका लागि राहातको प्याकेजमार्फत पुनस्थापना गरीने र आगामी दिनमा हुन सक्ने यस्ता विपदका लागि समेत सरकारले नयाँ योजना बनाउने समेत प्रधान मन्त्रिले बताएका थिए ।

बजारको घना वस्तिमा भएको आगलागि तत्काल नियन्त्रण भएकोले कम क्षति हुन गएको बताउँदै आगामी दिनमा हुने यस्ता जोखीमलाई मध्यनजर गर्दै सरकारले विपद व्यवस्थापनको नयाँ निति ल्याउँने समेत प्रधानमन्त्रि दाहालले बताए । आइताबार भोजपुरमा भएको आगलागिवाट ८ घर पुर्णरुपमा जलेर नष्ट हुँदा १० करोड ५० लाख बरावरको क्षति भएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment