बलात्कारको आरोपमा उजुरी

एविसि खबर

खोटाङ, ८ मंसिर । खोटाङमा १८ वर्षीया युवतीलाई बलत्कार गरेको आरोपमा चिउरीडाँडा गाविस –४ लामिडाँडा का ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ उजुरी दर्ता भएको छ । उनले गत कात्तिक २९ गते बेलुकी गोठमा सुती राखेको समयमा बलत्कार गरेको पीडित पक्षले जनाएको छ ।

एक्लै भएको मौका पारी खुकुरी देखाएर मुख थुनी बलात्कार गरेको आरोपमा मङ्सिर ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरीको दिएका छन् । बलात्त्कार गरी अभियुक्त फरार रहेको र जाहेरीको आधारमा अभियुक्तलाई खोज्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा मङ्सिर ६ गते भएको ।

Facebook Comments

सम्बन्धित

Leave a Comment