खुल्यो ताइवानी रेस्टुरेन्ट

अर्थ

एविसि खबर

काठमाडौं, ७ मंसिर । नेपालमा पहिलो पटक ताइवानी रेस्टुरेन्टको स्थापना भएको छ । काठमाडौँको नक्साल भाटभटेनी नजिकै ताइवानीहरुले नै ‘हेप्पी ववल क्याफे रेस्टुरेन्ट’ संचालनमा आएको छ ।

ताइवानमा खानपिन तथा जीवशैलिमा कलम चलाएकी ताइवानी पत्रकार वाइ वाइ लगायतको टोलीले सो रेस्टुरेन्ट खोलेका हुन् । भुकम्प अघि काठमाडौँको ठमेलमा सुरु गरेको रेस्टुरेन्टमा भुकम्पले गर्दा छोड्न परेपछि उनी नेपालमा खालि नै बसेकी थिइन ।

शनिबारदेखी संचालनमा आएको उत्तः क्याफेमा ताइवानमा अत्यादित रुचाइएका परिकार सहित नेपाली खान पनि पाइन्छ । विगत १० बर्ष देखी नेपालसंग नजिक रहेकी वाइ वाइले चाइनिज भाषामा नेपालसम्बन्धी एउटा पुस्तक पनि लेखेकी छन् । उक्त पुस्तक नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले पनि मन पराएका थिए ।

केही समय भुकम्प पिडितको पिडामा मलम लगाउन व्यस्त ताइवानी नागरिक वाइ वाइले नेपालमा व्यवसायसंगै समाजसेवा पनि गर्दै आएकी छिन ।

उनले नुवाकोट र काभ्रेमा गरि दुई दर्जन भन्दा वढि घर बनाई स्थानीय जनतालाई हस्तान्तरण गरिसकेकी छन् । उनलाई नेपालबाट पत्रकार तथा यूवा व्यावसायी शान्त शर्माले सहयोग गरिरहेका छन् ।

Facebook Comments

Leave a Reply