आगलागी पीडित परिवारलाई राहात

जमुना राई
भोजपुर ७ मंसिर । भोजपुरको सदरमुकामको भोटेपसलमा गत आइतवार भएको भिषण आगलागीवाट पीडित परिवारलाई राहात संकलन गरी दैवीकप्रकोप उद्धार समिति मार्फत वितरण गरीएको छ । स्थानीय राजनैतिक दल, नागरीक समाज, पत्रकार, उद्योग वाणिज्यसंघ र प्राध्यापकहरुको सँयुक्त पहलमा सोमवार संकलित ३ लाख ५ हजार रुपैयाँ रकम दैवीक प्रकोप उद्धार समीतीलाई मार्फत पीडित परिवारलाई उपलब्ध गराइएको हो ।

स्थानीय शुभेच्छुकहरु मार्फत सङ्कलित् रकम पुर्व सभासद तथा माओबादी केन्द्र भोजपुरका संयोजक सुदन किरातीले दैवीक प्रकोप उद्धार समीतीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई हस्तान्तरण गरेका थिए । आइताबार भएको भिषण आगलागिबाट सदरमुकाम स्थित भोटेपसलका ८ घर पुर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागिबाट अन्य केही घरमा समेत आँशिक क्षति पुगेको छ । सुनचाँदी पसलबाट सुरु भएको आगालागीका कारण करिब २० करोड रुपैयाँ बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

आगलागीबाट बद्री राणा, फणिन्द्र प्रधान, थिरकुमार पोर्तेल, लालबहादुर विश्वकर्मा, गणेश श्रेष्ठ, दादिकि शेर्पा, जगतबहादुर विश्वकर्मा, विश्व प्रधान लगायतको घर जलेर नष्ट भएको हो । आगलागिबाट घरबार विहिन बनेका ८ घर परिवारका लागि हाल नेपाली सेना, र शसस्त्र प्रहरीले सदरमुकाम स्थित एक गुठिको जग्गामा अस्थायी टहरा निर्माण गरेर राख्ने तयारी गरीरहेको छ ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment