खुल्ला बाल गित प्रतियोगिता सम्पन्न

समाचार

नुनथला खोटाङ , मंसिर ६ । विश्व बाल अधिकार दिवसको अवसरमा जागृती बाल मण्च , जालपा मावी नुनथला खोटाङले जिल्ला ब्यापी खुल्ला बाल गित सम्मेलन सम्पन्न गरेकोछ ! बाह्र समुहका साठी जना प्रतियोगिहरु सहभागी भएका उक्त सम्मेलनमा चम्किला बाल मन्च नुन्थाला -१, बेदना परिवार नुनथला -१ र चम्पावती मावी बुइपाका प्रतियोगिहरु क्रमश: पहिलो , दोस्रो र तेस्रो भएका थिए ! त्यस्तै गरि तामाङ घेदुङ सङ्घ र ज्योती मावी जालपाका प्रतियोगिहरुले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रथम , दोस्रो र तेस्रोलाई क्रमश: नगद रु :- ७०००/-, ५०००/- र ४०००/-का साथमा प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना हुनेहरुलाइ दुइदुईहजारका साथमा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । सो सम्मेलनमा उत्कृस्ट गितकार लवजित आस्मिल र उत्कृस्ट सङ्गितकारलाई रु पाँच पाँच हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बिव्यस अध्यक्ष धनकुमार राइको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा सो कार्यक्रमको प्रमुख अतिथी वरिस्ठ गायक एबं संगितकार सुर्य थुलुङ्गको हातबाट सो पुरसकारको बितरण गरिएको थियो । बुइपा स्रोत केन्द्रका स्रोतव्याक्ती दिनबिनोद दाहाल सो कार्यक्रमका विशेष अतिथी रहेका थिए । विभिन्न ठाउँ र क्षेत्रबाट आमन्त्रित अतिथिहरुको उपसथिती रहेको सो कार्यक्रममा कार्यक्रमका संयोजक शिक्षक हेम बिक्रम राइले कार्यक्रमको बारेमा प्रकाश पार्ने क्रममा जिशिका को प्रतिनिधि भने उपस्थित नहुंदा खेद प्रकट गर्नु भएको थियो । ” आफ्नो प्रतिभा प्रस्फुटनको लागि बालबालिकाले बिध्यालयको चौघेरा भन्दा बाहिर पनि सिक्ने अक्सर पाउनु पर्छ तर आजको यो कार्यक्रमलाइ जिशिअले भाशणभुशणको कार्यक्रमको रुपमा बुझिदिनु भो र उहाँ अनुपस्थित हुनुभो जुन खेदपुर्ण छ ” उहाँको तर्क थियो । उक्त सम्मेलनमा गायन, सङ्गीत र रचनाको छुट्टाछुट्टै निर्णय गरि पुरस्कृत गरिएको थियो । जसअन्तर्गत गायन र सङ्गीत तर्फको निर्कायक मण्डलमा वरिस्ठ गाएक तथा सङ्गितकार सुर्य थुलुङ , शिक्षक हेमबिक्रम राई र अर्का सङितकार एबं गाएक भोमसेना राई रहेका थिए भने गितको रचनातर्फको निर्णायक मण्डलमा दिलबहादुर राई , सशक्त कवि एमसी सुमित र रमेशचन्द्र राई रहनु भएको थियो । सो कार्यक्रममा ज्योती मावी जालपा , बोद्धोदय मावी दोर्पा , जालपा मावी नुनथला , स्कुलडाँडा परिवार नुनथला , धौलाङ समुहले आआफ्नो नृत्य प्रस्तुत गरेका थिए । पुइलुङ प्राबी नुनथलाका बिध्यार्थिले पनि नाच प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा सहभागी मध्य केदार बिक उत्कृस्ट भोकलिस्ट घोशित भएका थिए । कार्यक्रमका प्रमुख अतिथी सुर्य थुलुङले उनको एउटा गित रेकर्डिङ्ग गरिदिने समेत जानकारी गराउनु भएको थियो । बिकलाइ प्रोत्साहन स्वरुप रु तीन हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रम सफल पार्न भोजपुर निबासी लक्ष्मी राई हाल कोरियाले रु पच्चिस हजार , नुनथला १, खोटाङ्का सुभन राइले रु दस हजार , नुनथला छ का मनदत्त राइले रु दस हजार , दिक्तेल चारका मालिकराम राइले छ हजार पाँच सय , दिक्तेल पाँचका केशव राइले रु छ हजार पाँछ सय , बुइपा छ खिल्कुका डम्बर राइले रु चार हजार , नुनथला १ का ताराकुमार नाछृङले रु तीन हजार ,फुलपाती सेवा समाज पाथेकाले रु तीन हजार आर्थिक सहयोग गरेका थिए !

Facebook Comments

Leave a Reply