विरामी डोल्मालाई ५८ लाख वन सहयोग

पेमस्याङ्वो शेर्पा,
असोज १८ गते दक्षिणकोरिया

दक्षिण कोरियाको सुवन आजु अस्पतालमा बोन म्यरो रोगको उपचार गराईरहेकी डोल्मा शेर्पालाई  ५८ लाख २७ हजार वन  सहयोग गरिएको छ । दोलखा जिल्ला  खोपा चागु वडा न ९  का दावा ग्याल्बु शेर्पा को छोरी डोल्मा शेर्पा बिगत लामो समय देखि बोन म्यरो रोग ले ग्रस्त थिईन l 12067799_884569824964462_1847373267_n

अस्पतालमा चरणबद्द रुपमा उपचार गराई रहेकि शेर्पालाई आर्थिक अभाव भए पछि  अस्पतालको सैयाबाट नै बिरामी डोल्माले आर्थिक सहयोग गरी दिन हुन अपील गरेकि थिइन l

कोरियामा बिगत लामो समय देखि सामाजिक हितमा काम गर्दै आएको संस्था  दोलखा शेर्पा बी.सी संपर्क मञ्च द. कोरियाको अध्यक्ष  सेर साङबो शेर्पाको संयोजकत्वमा  डोल्मा शेर्पा बचाउ अभियान संचालन गरेको थियो l

कोरियामा क्रियासिल संघ संस्थाहरुसंग सामान्नय गरी पहिलो चरणको सहयोग रकम हस्तान्तरण गर्दै उक्त आर्थिक सहयोग संकलनलाई निरन्तरता दिएको थियो l

अहिले दोस्रो चरणको उपचारको लागि कोरिया लगयत अन्य देशमा रहेका संघ संस्था र नेपाली दाजु भाई तथा दीदी बहिनीहरुसंग सहकार्य गर्दै आर्थिक सहयोग संकलन गरी  दोलखा शेर्पा बी.सी सम्पर्क मञ्च द.कोरिया र दोलखालि समाजको अध्यक्ष लगायत दुई संस्थाका कार्यसमितिले  प्रत्यक्ष भेटेर बोन म्यारो क्यान्सरबाट पीडित डोल्मा शेर्पालाई एक मुष्ठ नगद रकम जम्मा ५८ लाख २७ हजार वन  हस्तान्तरण गरिएको छ । अबको चरणमा  उहाँको बोन म्यारो ट्रान्स्प्लान्ट गर्ने भएको छ l

Facebook Comments

सम्बन्धित

Leave a Comment