कला सिकाउने उद्यमी प्रकाश

कला

एविसि खबर
काठमाडौं, २८ कात्तिक । नेपालको कलाकारिता क्षेत्रमा खोटाङ्गेहरूको योगदान नियाल्ने हो भने अमूल्य र अतुलनीय देखिन्छ । शिकारुदेखि जुझारुसम्म–राज्यबाट मानसम्मान लिएका र नलिएकाहरू खोटाङ्गे माटोमा प्रशस्तै कलाकारहरूको जन्म भएको छ ।

अहिले देश विदेशमा हुने कार्यक्रमहरूमा प्रायः सबै कार्यक्रमहरूमा एकजना खोटाङ्गे पुगेकै हुन्छन् । यस्तै कलाकारितामा लागेर आफ्नो कर्मक्षेत्रलाई उर्बर बनाइ राख्ने युवा कला उद्यमीका नाम हो प्रकाश पुरी । कला पारखीहरूका लागि नयाँ केही गरौँ भनेर धेरै कलाकारहरूसँगको सहकार्यमा खुलेको एभरेष्ट फिल्म एकेडेमीका संस्थापक तथा कार्यकारी प्रमुख रहेका पुरीले पुराना श्रष्टालाई सम्मान नयाँ श्रष्टालाई प्रोत्साहन दिन यो एकेडमी सुरुवात भएको बताउँछन् ।

नेपालकै पहिलो चलचित्रसम्बन्धी अध्यापन गराउने संस्था एभरेष्ट फिल्म एकेडेमीका संस्थापक तथा कार्यकारी प्रमुख पुरीको जन्म पूर्वी पहाडी जिल्ला खोटाङ्गको पश्चिमी गाविस अर्खौलेस्थित बिजुलेमा १९ जेठ २०४७ मा भएको हो । कलाकारिताका अनेक विधामा इच्छा भएकाहरूका लागि संस्थाको तर्फबाट उपलब्ध गराउने सेवा सुविधाबाट सहयोग पु¥याउन रातदिन जुझारुहरूको भिडमा चम्किला युवा व्यतिm हुन् प्रकाश । आमा पशुपती पुरी बुबा एकनाथ पुरीका माइला छोराका रूपमा जन्म भएका उनी स्नातक तहसम्मका पढाई पूरा गरी विगत वर्षदिनयता नेपाली चलचित्रसम्बन्धी विविध विधामा सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा दिँदै आइरहेको संस्था एभरेष्ट फिल्म एकेडेमीका मालिक हुन् ।

अर्खौलेस्थित सरस्वती उच्च मा.वि.बाट ०६२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरी कोशी सेन्ट जेम्स उच्च मा.वि. इटहरीमा उच्च शिक्षा हासिल गरेका पुरीले नेपाल कमर्श क्याम्पस काठमाडौँ नयाँ बानेश्वरमा ०६७ मा स्नातक तह पूरा गरेका हुन् । कलेज जीवनसँगै नेपाली चलचित्रसम्बन्धी कथा लेखनबाट चलचित्र यात्रा सुरु गरेका उनले रावण, रुदाक्ष, लभ इन चाइना, बोर्डरजस्ता दर्जन चलचित्रका कथा लेखेका छन् । ‘चलचित्रसम्बन्धी अध्ययन गर्ने शैक्षिक संस्थाको आवश्यकताको महसुस गर्दै नेपालकै चर्चित कलाकारहरूलाई साथमा लिएर चलचित्र र टेलिभिजनसम्बन्धी अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने

एभरेष्ट फिल्म एकेडेमी नामक संस्था स्थापना गरेका उनले बताए । काठमाडौंस्थित मीनभवनमा रहेको एकेडेमीका संस्थापक तथा कार्यकारी प्रमुखसमेत आफै रहेका संस्थामा नेपालका ख्यातिप्राप्त कलाकार सुनिल थापा, उज्ज्वल घिमिरे, दीपकराज गिरी, छविराज ओझा, मिथिला शर्मा, गौरी मल्ल, लक्ष्मीनाथ शर्मालगायत २० जनाभन्दा बढी चलचित्रसम्बन्धी ख्यातिप्राप्त व्यक्तिहरू आबद्घ छन् ।

नेपाली चलचित्र उद्योगका उच्च ओहदाका व्यक्तिबाट हप्तामा एकदिन अन्य समयमा एकडेमीका शिक्षकहरूबाट दैनिक फिल्मसम्बन्धी अभिनय, निर्देशन, भिडियो सम्पादन, छायांकनको वर्षदिने सैद्धान्तिक, प्रयोगात्मक पढाइ हुने गरेको उनको भनाइ रहेको छ । नेपालकै पहिलो फिल्म एकेडेमीमा वर्षदिनमा सयजना हाराहारीमा विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

राजधानीमा रहेर पनि जिल्लाको चौतर्फी विकासमा टेवा पु¥याइरहेका उनले नमस्ते खोटाङ्ग नामक महोत्सवको दुई संस्करण गराउन सफल भएका छन् । पहिलो संस्करणअन्र्तगत अर्खौलेस्थित साल्पा चौरमा नमस्ते खोटाङ्ग ०७१ मा तत्कालीन एमाले नेतृ विद्यादेवी भण्डारी, महानायक राजेश हमाल, कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाडे)लगायत राजनीतिज्ञ तथा सरोकारवालालाई कार्यक्रममार्फत एकबद्घ गराएका थिए । यस्तै सदरमुकाम दिक्तेलमा दोस्रो संस्करणअन्र्तगत कलाकार दिपकराज गिरी, गायिका मिलन अमात्यलगायत दर्जनौं कलाकारहरूलाई खोटाङ्ग पु¥याएका एकेडेमीका कार्यकारी प्रमुख पुरीले यतिबेला तेस्रो संस्करणको तयारी भइरहेको बताए । खोटाङ्ग जिल्लाको कला संस्कृति पर्यटन प्रबद्र्घन र खेलकुदका विकासका लागि भन्ने मूल नाराका साथमा हरेक वर्ष नमस्ते खोटाङ्ग नामक महोत्सव एकेडेमीका संस्थापक तथा कार्यकारी प्रमुख पुरीकै संयोजकत्वमा हुँदै आएको छ ।

Facebook Comments

Leave a Reply