८३ वर्षीया वृद्धालाई मलमुत्र खुवाइयो

समाचार

एविसि खबर

काभ्रे, २८ कात्तिक । बोक्सीको आरोपमा १ बृद्धा महिलालाई दुव्र्यवहार गरिएको छ । काभ्रेको तिमाल कानपुर–१ की ८३ वर्षीया मिन्दु तामाङलाई दुव्र्यवहार गरिएको प्रहरीले जनाएको छ ।

मिन्दुलाई बोक्सीको आरोपमा सोही ठाउँका ३२ वर्षीय निर्मला तामाङले दुव्र्यवहार गरी मानव मलमुत्रसमेत खुवाएका बताईएको छ । पीडित बृद्धा महिलाकाअनुसार उनी घरमै बसिरहेका बेला एक्कासी उनलाई दुव्र्यहार गरी मानव मलमुत्र मुखमा कोच्याइएको हो । घटनापछि उनलाई धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको बताइएको छ ।

दिउँसो ४ बजे घरमा बसिरहेकी वृद्धालाई गरिएको दुव्र्यवहार बारे थप अनुसन्धान भइरहेको डिएसपी नविनराज राईले जानकारी दिए । उनले भने ‘हामीले यसबारे थप अनुसन्धान गरिरहेका छौँ । घटनाको दोषीलाई कारबाही हुन्छ ।

स्थानियकाअनुसार निर्मला केही वर्षदेखि डिप्रेसनमा रहँदै आएकी थिइन् । मिन्दाले बोक्सी लागेर नै आफू बिरामी भएको उनको बुझाइ थियो । बिरामी निर्मलालाई चिकित्सक कहाँ उपचार नगरी घरमै राखेर धामी झाक्रीद्वारा झारफुक गरिँदै थियो ।

Facebook Comments

Leave a Reply