साहित्यिक मञ्चको श्रृखलामा निर्मला “परिवेश”

एविसि खबर

काठमाडौं, २७ कात्तिक । नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिका क्षेत्रमा १ दशकदेखि कार्यरत बेलायतको संस्था नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा वार्षिक आयोजना गर्दै आइरहेको अभिव्यक्ति श्रृंखला यसवर्ष नवौँ भागमा कवि तथा गीतकार निर्मला परिवेश राईलाई मन्च प्रदान गर्ने भएको छ ।

कवि र गीतकार निर्मला परिवेश राई विगत २ दशकदेखि कर्मथलो बेलायतमा बसेर साहित्य विधामा आफ्नो कलम चलाउँदै आएकी एक प्रतिभाशाली कवयत्री तथा गीतकार हुन । निर्मला परिवेशले नेपाली प्रतिभा प्रतिष्ठान संस्थाको स्थापनाकालदेखि नै गरेको योगदानको कदरस्वरूप वार्षिक आयोजना गर्दै आइरहेको अभिव्यक्ति श्रृंखलाको यसवर्ष नवौँ भागमा उनलाई मञ्च प्रदान गर्ने निर्णय गरिएकोे हो ।

हाल बेलायतमा बस्दै आएकी खोटाङको सुङ्देल जन्मघर र सोलुखुम्बुको देउसा, रनेमलाई कर्मघर बनाएकी उनी एक समय ब्रुनाईका लागि साहित्यिक दूतसमेत रहेकी थिइन् । उनले करिब २२ वर्षदेखि साहित्य विधामा पु¥याएको अतुलनीय योगादन स्वरूप यो अवसर प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । कविता तथा गीत लेखनमा निरन्तर कलम चलाउँदै आएकी उनको करिब २ सय ३० वटाभन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् । उनको आफ्नै गीति एल्बमसमेत बजारमा लिएर आइसकेकी छन् । उनको त्यसैगरी आफ्नो कविता संग्रहदेखि अन्य कृतिहरू पनि लिएर आइसकेको जानकारी उनी गराउँछिन् । उनी एक कवयत्री गीतकार मात्र नभएर सामाजिक सेवाको भावनाबाट ओतप्रोत भएकी समाजसेवी पनि हुन् ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment