कलिलो उमेरका राम्रो प्रतिभा : दीलिप

माक्पाली कान्छा

काठमाडौं, २५ कात्तिक । उदयपुरको बर्रे–७ गैरीगाउँको तामाङ बस्तीमा जन्मेका दीलिप तामाङले कलिलैमा अभिनयको बाटो अँगाले । ०४९ सालमा जन्मेका उनी ०६५ सालदेखि निरन्तर अभिनयको यात्रामा दौडिरहेका छन् ।

गाउँकै प्रावि स्कुलदेखि तराईको विद्यालयहरू चहार्दै फेरी गाउँकै विद्यालयबाट एसएलसी पास गरेका उनले गाउँमा खेलिने देउसी, भैलोदेखि लघु, सप्ताहामा समेत हँसाउनु उनको काम बनेको थियो । यसै मेसोमा लागेका उनले विभिन्न नेताहरूको क्यारिकेचर गर्ने तथा स्टयान्ड अप कमेडी बनाएर दर्शकको मन जित्दै गएका थिए । नाम चलेका भनिएका हास्यकलाकाहरू विदेश धाउँदाको जात्रा भएको भन्दै हाम्रो गाउँबस्तीका दर्शकहरूलाई मनोरन्जन दिन मञ्च खाली नबनाउने उनले बताए । हाल ‘ल्याप्चे’ नामक हाँस्य टेलिशृंखलाको ५७औँ भागको सकेर ५८औँ भागको सुटिङको तयारीमा रहेका उनले सुनाए ।

556298_566739423389440_1953735753_n

यस टेलिसिरियलमा झम्टे हुँदै जुंगेको भूमिका देखिने बताउँदै उनले अभिनयमा आपूmजस्तो देखिएको हो त्यस्तो नभएको बताउँछन् । बाहिर हेर्दा अपत्यारिलो देखिने उनले गाउँबस्तीबाट नै अभिनयको जग बसालेर आएको सुनाए उनले भने, ‘रुचि भयो भने कामले काम सिकाउँदो रहेछ ।’ हालसम्म अभिनयको यात्रामा आपूmलाई प्रेरणा दिने अग्रज कलाकारहरू धेरै रहेको भन्दै उनले आमदर्शक तथा श्रोताहरू नै आफ्नो प्रेरणाको श्रोत रहेको उनको भनाइ रहेको छ ।

उच्च शिक्षा अध्ययन गर्दै अभिनयको यात्रा तय गर्न काठमाडौं छिरेका उनी आरआर क्याम्पसमा पढेका हुन् । उनले काठमाडौंमा छिरेसँगै अभिनयमा तीव्रता दिए । अहिले चलचित्र तथा टेलिचलचित्रहरूमा हास्यकलाकारका रूपमा उनी व्यस्त पनि बनेका छन् । उनले मगर फिल्म ‘झल्को’, किरात राई नाछिरिङको फिल्म ‘सम्बन्ध’, भिडियो चलचित्र ‘जुंगे’, नेपाली चलचित्र ‘सुनपानी’मा अभिनय गरिसकेका छन् । अहिले उनको हास्यचलचित्र ‘थ्री मंकी’ प्रदर्शनको तयारीमा रहेको छ ।

नेपाली टेलीचलचित्रहरू, कृषकसँग सम्बन्धित ‘किसान’, अपराधसँग सम्बन्धित ‘प्रहरी अनुरोध’लगायतमा कुशल अभिनय देखाइसकेका छन् । देशका विभिन्न ठाउँहरूमा स्टेजहरूमा समेत आफ्नो कौशलता देखाइसकेका उनले आफ्नो उद्देश्य सामाजिक विकृति तथा विसंगतिको अन्त्य गर्ने रहेको बताए । कुराकानीको क्रममा उनले भने, ‘यहाँ हास्य टेलिसिरियल भनेको नेतालाई गाली गर्नु भन्ने मात्र बुझिने गरिएकाले हाम्रो सामाजिक विषय ओझेल परेको छ ।’ विसंगती भन्नु समाजबाट निस्कने भएकाले यसको अन्त्य गर्न सामाजिक कुसंस्कारको बारेमा सचेतना अपनाउनु रहेको उनको धारणा रहेको छ । उनले कथा जस्तो भए पनि अन्त्यमा सकरात्मक सन्देश दिन सक्नुपर्ने बताए ।

सौर्य दैनिकबाट

Facebook Comments

सम्बन्धित

Leave a Comment