एनआरएनमा चुनावको चहल पहल, कुङगा पनि आकांक्षि

एविसि खबर
न्युजर्सी अमेरिका । गैह्र आबसिय नेपाली संघको आसन्न चुनाब नजिकदै जादा नेतृत्वको पनि होडबाजी सुरु हुन थालेको छ । आफुलाइ अब्बल र सक्षम छु भनेर देखाउन विभिन्न संचार माध्यम मार्फत उमेद्य्वाारी घोषणा लगायत आफुले गरेका कामहरुको समेत चर्चा परिचर्चा सुरु गर्दै आफु नेतृत्व हाक्न सक्षम रहेको दावाहरु पेश हुन थालेका छन् ।

मतदाताहरुलाई आफ्नो पक्षमा पार्न गुटबन्दी सहित कसरत पनि सुरु भईसकेको छ । बिस्वको शक्तिशालि मुलुक अमेरिकामा बस्दै आएका नेपालीहरुलाइ गैह्र आबसिय नेपाली संघको आसन्न चुनाब नजिकदै गर्दा आफु नेतृत्व सम्हाल्न सक्षम छु भनेर देखाउने होडबाजी सुरु गरिरहेका छन् ।

बिगत दुइ दशक देखि अमेरिका र कोरियामा बसेर आफ्नै ब्यापार ब्यबसाय सम्हाल्दै नेपालमा सामाजिक कार्यहरुमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका कुङ्गा ताक्तोक शेर्पाको पनि अहिले एनआरएनए अमेरिका देखि केन्द्र सम्म नेतृत्वको आकंक्षी रहेको दावा गरिररहेका छन् । उजले आफ्नो उम्मेदवारी घोषणा गर्दै चौतर्फी चर्चामा चुलिदै गएको छ । बिगत लामो समय देखि गैह्र आबासिय नेपालि संघलाइ नजिक बाट नियाली रहेका शेर्पाले संघमा नेतृत्व बर्गले सोचे अनुरुपको काम गर्न नसकेको हुदा आफै नेतृत्व गर्न अगाडि सरेको उनको दावा छ । नेपाल र नेपालीहरुको हकहितको लागि काम गर्न नसकेको बिबिध कारणले गर्दा पनि अबको नेतृत्वमा आफुले उम्मेदवारी घोषणा गरेको बताए । उनले भने, ‘जुन उदेश्यको लागि गैह्र आबसिय नेपाली संघ गठन गरिएको थियो त्यो उदेश्य अहिले सम्म पुरा हुन सकेन त्यसकारण पनि संगठनलाइ मजबुत बनाउदै संसारभर छरिएर बसेका नेपालीहरुको छाता संगठन गैह्र आबसिय नेपाली संघलाइ माथि उठाउन एक सक्षम नेतृत्वको आबश्यक परेको हुदा आफुले उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको छु ।’

गैह्र आबासिय नेपालि संघ सम्पूर्ण बिदेशमा छरिएर बस्ने नेपालीहरुको साझा संगठन भएको हुदा एक सबल, सफल नेतृत्वको चाहना हुनु स्वाभाविकै रहेको उनले बताए । अबको नेतृत्व भनेको व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संगठनको हकहित र सम्पूर्ण नेपालीहरुको बारेमा सोच्न र काम गर्न सक्ने क्षमता भएको सबल नेतृत्व हुनु पर्ने उनको धारणा रहेको छ । गैह्र आबासिय नेपालि संघ कुनै राजनीति ,पैसा र जात जातीय विखण्डन गर्ने मात्र खेलमा चल्ने संगठन नहोस भन्ने कुरालाई शेर्पाले आत्मसात गर्दै अगाडी बढ्ने कुरा उनि बताउछन ।

सन १९९२ देखि नेपालमा अनाथ अपाङ्ग देखि शिक्षा, खेलखुद र संचारक्षेत्रमा सेवा गर्दै आफ्नो नेपाल आमा प्रतिको दायित्वलाई पनि निर्बाह गर्दै आएका शेर्पाले भने, ‘ मलाई कुनै पनि संगठन भित्र राजनीति गर्नु छैन तर संगठन भित्रको चलखेललाइ खबरदारी गर्नु एक नागरिकको हैसियतले सबैको दायित्व हुन आउछ’ उनि थप्छन ‘मलाई राम्रो सँग थाहा छ जब यस संगठनको जन्म भएको दिन देखि आजसम्म यस संगठनलाई यहाँ सम्म लिएर आउने हाम्रा अग्रजहरूको मेहनत, लगाब, परिश्रमलाइ हामीले बिर्सनु हुन्न, अहिले सम्म आफु कुनै पदको लोभ लालचमा नफसेको र पदलाई भन्दा काम र समाजसेवा लाइ प्राथमिकता दिदै र काम गर्दै आएको कारणले गर्दा पनि आफु भाषण मात्र गर्ने भन्दा काम गर्न सक्ने सबल नेतृत्व हुन पर्छ भन्ने पक्षमा रहेको छु ।’

Facebook Comments

सम्बन्धित

Leave a Comment