मेनुकाको तेस्रो एल्वम “लाइफ” बजारमा (भिडियो सहित)

भिम दुमी
काठमाडौं, १८ कात्तिक । खोटाङको पानी नै गीतसंगीतका लागि हो कि भन्ने तर्क नेपाली संगीतको बजारमा बेलाबखत उठ्ने गरेका छन् । गीतसंगीतको उर्वर जिल्लाको रूपमा रहेको खोटाङ जिल्लाका कलाकारहरूलाई नेपाली संगीतको पाटाबाट एकछिन अलग्याउने हो भने निकै ठूलो खाडल बन्छ नेपाली संगीत उद्योगमा । यिनै प्रसंगमा आएकी छन् अर्का गायिका मेनुका राई ।

खोटाङ जिल्लाको बुइपा गैरी फुलेलीमा जन्मेकी उनी करिब १० वर्ष अगाडिबाट संगीतको सागरमा पौडिरहेकी छन् । सुमधुर स्वरका धनी गायिका मेनुका बाल्यकालदेखि नै गाउँमा नाच्ने गाउने मध्येकी प्रतिभा हुन् । उनले सम्झिन, ‘बाबाको हातमा समातेर त्यसबेलाको चर्चित लोकगीत ‘साइनो सुटुक्कै’ बोलको गीत गाएकी थिएँ ।’ ०५४÷५५ देखि लगातार राजधानीमा संर्घषरत उनले गीत गाउँनकै लागि आरआर क्याम्पसमा संगीत पढिन् । यसका अलवा गुरुदेव कामद, दीपक जंगम, बेनी जंगम, प्रकाश गुरुङ, शाकुन्तला प्रधान, कैलाश राईलगायत गुरुहरूसँग निरन्तर संगीत सिकिन् ।

०५६ सालमा ‘मौरी घुम्छ फुलको बोटैमा, ए कान्छा घुम्न जाउँ नगरकोटैमा’ बोलको गीत रेर्कड गरेर संगीतमा पाइला हालेकी मेनुकाले ०६४ सालमा पहिलो गीति एल्बम ‘माया आरिसे’ बजार ल्याएकी थिइन् । १० वटा गीतहरू समेटेर तयार गरिएको एल्बमपछि गायिका मेनुका रूपमा परिचय बनाएकी उनले ०७० सालमा आएर ‘१,२,३’ नामक अर्को एल्बम सार्वजनिक गरिन् । उनको यो एल्बम पछि ०७३ मा आइपुग्दा अर्को गिती एल्बम ‘लाइफ’ बजारमा ल्याएकी छन् ।

अरू गायकगायिकाभन्दा पृथक किसिमले एल्बम सार्वजनिक गरेकी मेनुकाले विमोचनको झन्झट नगरी उनले एल्बम बजारमा ल्याएकी हुन् । विमोचन गर्नेभन्दा पनि सबैगीतहरू सार्वजनिक भएपछि यसको समीक्षा गर्ने कार्यक्रम राख्न उपयुक्त हुने उनको तर्क रहेको छ ।् उनले भर्खरै ल्याएको लाइफ एल्बममा राईका सुमधुर स्वरले भरिएको गीतहरू मध्ये ‘हे प्यारा प्यारा’ गीतको म्युजिक भिडियो खुबै चर्चामा रहेको छ । ‘हे प्यारा प्यारा’ गीतको म्युजिक भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका छन् भने भूपेन्द्र खड्काको शव्द रचनामा संगीत राज्य राई देमिनले भरेका छन् ।

मेनुकाको लाइफ एल्बममा ‘२ दिने जिन्दगानीमा, हे प्यारा प्यारा, साकेला गीत, बितेका ती पलहरू, मनको मिलन, जुनी जुनी र माया आहासरिसे’ गरी ६ वटा गीतहरू समावेश छन् । भूपेन्द्र खड्का, पवित्रा चाम्लिङ राई, रिदम राई, उदय राई, र फगेन्द्र अतित मगरको रचना रहेको छ भने राज्य राई डेमिन, रिदम राई, डक्टर किरात, शंकर थापा र राजेश दावाले संगीत भरेका छन् ।

एल्बमको ६ वटा गीतहरू मध्ये ५ वटामा मेनुकाले एकल स्वर दिएकी छन् भने १ वटा गीतमा युगल आवाज दिएका छन् । गायिका मेनुकाको चर्चाले नेपाली गायन क्षेत्रमै अलग पहिचान स्थापित गरेको छ । यस्तै, संगीत विषयमा उनले भारतको इलाहवाद संगीत विश्वविद्यालय प्रयागवाट शास्त्रीय संगीतमा ६ वर्षको अध्ययन पूरा गरिसकेकी छन् । उनलाई जीवनसाथी परशुराम तामाङले समेत उतिकै साथ दिँदै आएका छन् ।

 

भिडियो हेर्न तल जानुहोस …

Facebook Comments

सम्बन्धित

Leave a Comment