मुखर्जीको भ्रमणमा नागरिकको चासो

एविसि खबर
काठमाडौं, १८ कात्तिक । भारतीय महामायीम प्रणव मुखर्जीको नेपाल भ्रमणले राजनीतिक वृत्तमा निकै खुशी र उन्मादहरु आएको छ । तर सर्वसाधरणमा भने शास्ति उतिकै थपियो ।

महामायीम ज्यूको आत्मिय भ्रमणले नेपाली जनतामा जति उत्साहा आउनु पर्ने सायद चाडकै बेला भएकाले हो कि नेपाली आम नागरिकहरुल यसलाई खास चासोको विषय बनाएनन् । जतिलाई थाहा भयो खुशिका कारण होइन पिडाको कारण नै बढी चासो बन्यो ।

सवारीको कारण सर्वसाधरण यात्रुहरुलाई गन्त्वयमा पुग्ने समयमा हाइ एलर्टको सुरक्षा व्यवस्थाका कारण सडकमा अस्त व्यस्त बनेका आम नागरिकहरुले गुनासो गरेको ठाउँ ठाउँमा सुनियो । भारतीय महामयीम भारतको नागरिक हो तर नेपाली नागरिक त हामी हौँ नी । हामीले उहाँलाई स्वागत गर्न त तयारै हो तर निश्चित समय पाउनु प¥यो । हामीलाई बाटो प्रयोग गर्नबाट छेकेर सरकारले के गरेको होला । बुधबार बेलुकी चाबाहिल चोकमा गुनासो सुनियो ।

अर्कातिर नेपाल सरकारले तयार पारेको सुरक्षा व्यवस्था कडाई र प्रहरीको कार्यशैलिको बारेमा समेत नागरिकहरुले गुनासो गरिरहेका थिए । उनीहरुलाई यातायातको समस्या भएको बेला राती अबेर सम्म कुराएर राखेकोमा गुनासो थियो ।

सवारीका कारण आफन्तलाई भेट्न हिँडेकाहरुले फोनमा गुनासो गर्दै आफुलाई सवारीले रोकेकाले आउन नसकेको भन्दै कतिपय फर्किरहेका भेटिएका थिए । आम नागरिकको गुनासो सुनिन्थ्यो ‘पोहोर भारती सरकारको अघोषित नाकाबन्दी ले खल्लो । यसपाली भारतीय महामायीमको भं्रमणले अधुरो भो ।’

Facebook Comments

सम्बन्धित

One Thought to “मुखर्जीको भ्रमणमा नागरिकको चासो”

  1. Halakau Tirtha

    भारतले लगायको ६ महिने अघोसित नाकाबन्दिको घाउ हाम्रो मानस्पटल्बाट राम्ररी निको हुन नपाउँदै आज त्यहि भारतिय एक रास्ट्रपतिको भ्रमणमा आफ्नै सरकारले पुनः अघोसित कर्फ्यु लगाउनुले हाम्रो देश उहीँ भारत बाटै सन्चालित छ भन्ने प्रष्ट बुझिन्छ ।

Leave a Comment