विद्यालयमै ‘माइन्ड मेनेजमेन्ट’ तालिम

एविसि खबर

काठमाडौं, १० कात्तिक । बाल संसार सेकेन्डरी स्कुल माकलबारी काठमाडौंले ‘माइन्ड मेनेजमेन्ट’ सम्बन्धी पाँचदिने तालिम सञ्चालन गरेको छ । विद्यालयमै सञ्चालित तालिममा ५० जना सहभागी छन् ।

बिहान ६ देखि ८ बजेसम्म सञ्चालित तालिममा बाल संसार स्कुलसम्बद्ध शिक्षक–शिक्षिका, अभिभावक र इच्छुकले तालिम लिइरहेका छन् । सम्बन्धित व्यक्तिले सफलताको सिँढी उक्लँदा अपनाउनुपर्ने उपाय जानकारी गराउँदै योगी ॐ ले प्रशिक्षण दिइरहेका छन् ।

‘तालिम लिनेले ‘माइन्ड मेनेजमेन्ट’ अन्तर्गत सफलताको विज्ञानबारे जान्न–बुझ्न पाउनेछन्,’ बाल संसार सेकेन्डरी स्कुल प्रिन्सिपल तेजबहादुर राईले भने, ‘तालिमले मेमोरी पावर इन्क्रिज गर्न अपनाउनुपर्ने सावधानीबारे गहिरो जानकारी गराउनेछ ।’

कक्षा नौसम्म अध्ययन हुने सो स्कुलमा पठनपाठन अलावा समय–समयमा विभिन्न शीर्षकमा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिँदै आएको प्रिन्सिपल राईले जानकारी गराए ।

Facebook Comments

Related posts

Leave a Comment