नापी कार्यालयमा आगलागी हुँदा ४० घाइते

समाचार

एविसि खबर
मकावनपुर, १० कात्तिक । मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा बुधबार आगलागी भएको छ । आगलागी भएको सानोपोखरास्थित भवनबाट ४० जना घाइतेलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा परि ४० जना घाइते भएको मनवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले जानकारी दिइन् । उनका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइछ । हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि गम्भीर घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको छ भने आगो लाग्दा सेवाग्राही र कर्मचारीहरु कार्यालयभित्रै रहेका थिए ।

नापीको भवनबाट उद्धार चलिरहेकाले घाइतेको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ । अहिले पनि कार्यालयमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । बिष्फोट भएको ठूलो आवाज सुनिएलगत्तै आगो लाग्न सुरु भएको थियो । तर, के पड्किएर आगो लागेको भन्ने हाल सम्म खुल्न सकेको छैन । बिजुली सर्ट भएको वा ग्यास पड्किएको अनुमान छ । अहिले हेटौंडा महानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । भवनभित्रबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ । आगलागीपछि हेटौंडाबासी त्रसित भएका छन् ।

Facebook Comments

Leave a Reply