लोकलाई अलमलाउने लोकमानकाण्ड

समाचार

भिम राई
काठमाडौं, ९ कात्तिक । अहिले नेपाली राजनीतिको सबै पाटाहरुमा लोकमानको चर्चा परिचर्चा बढ्दै गएको छ । लोकलाई अलमलाएर राख्न सक्ने लोकमान निलम्बीत अख्तियार दुरपयोग अनुसन्धान आयोगका प्रमुख हुन् । उनले गरेका कृयाकलापका कारण कानुन्लाई आफ्नो हातमा लिने प्रयास भएको भन्दै नेपालको व्यवस्थापिका संसदमा पहिलो पटक महाअभियोगको प्रस्ताव दर्ता भएको छ ।

विगतमा शुसासन कायम गर्न तथा भ्रष्टचारलाई निर्मुल गर्ने नाममा अख्तियारी प्राप्त व्यक्तीले गरेको दुरपयोगको छानविन गर्ने जिम्मेवारी पाएपछि गरिएको कतिपय बद्नियत पुर्ण व्यवहारले उनलाई महाअभियोगको ढोका सम्म तानेको हो ।

नेपाली राजनीतिको रंगमञ्चमा दलिय लुछाचुँडीमा खेल्न माहिर खेलाडीका रुपमा उदाएका तत्कालिन पुर्व राजा ज्ञानेन्द्रको शासन ताका मुख्य सचिव समेत रहेका लोकमानले रिस इविको साँधेर अगिबढेको आरोप मुख्य रहेको छ । नजिककालाई काखा र विरोधीलाई सखाप पार्ने गहिरो खेलबाडमा उनी लागेको आरोपहरु उनीमाथी लागेको छ ।

शक्तिको आडमा आफ्ना विरोधीहरुलाई दोहोलो काड्ने प्रवित्तिको ठाडो. विरोध गर्दै आएका कर्मचारी तथा राजनीतिक नेताहरुलाई चङगुलमा फसाउन तानावान बुन्दै आउने क्रममा शक्ति सन्तुलन गुमाउन पुगेका उनी महाअभियोगको समना गर्नु पर्ने ठाउँमा आइपुगेका हुन् । उनलाई महा अभियोगको प्रस्ताव दर्ता भएसँगै उनका आसेपासेहरुले विरोध समेत शुरु गरेका छन् ।

सर्वोच्च अदालतलाई समेत चुनौति दिनेगरी आफ्ना पक्षधरहरुलाई उकासेर म्याद तामेल गर्नबाट समेत पटक पटक रोक्ने कामले अझै उनीमा शेर बन्ने चाहाना रहेको बुभिएको छ । सरकारको मुख्य सचिव भइसकेका र एउटा शक्तिशालि आयोगको अध्यक्ष समेत रहेका उनको घरसम्म आउन नदिने धेरै खेलहरु भएको संचार माध्यामहरुले खुलासा गरिरहेका छन् । यस्तो परिस्थितीमा उनले न संसदलाई स्विकारे न त सर्वोच्चको कुरालाई कर्तत्य सम्झे सहज अनुसन्धान तथा बहसको विषय बनाउने वातावरण बनाउने प्रयास गरे यीनले यी सबैकुरामा ‘आफु मात्रै राम्रो भन्ने र जे निर्णय हुन्छ त्यो लागु हुन्छ’ भन्ने मानसिकताका कारण महाअभियोगको प्रस्ताव दर्ता भएको छ । यस पछि उनी तिलमिलाउन थालेका छन् ।

उनले भारतीय शक्तिकेन्द्र मार्फत पद जोगाउन सहयोग माग्ने देखि लिएर महाअभियोगको प्रस्ताव गर्ने सदस्यहरुलाई समेत धम्क्याउने सम्मको नीति लिएका छन् । उनले आफ्नो वरिपरिकाहरु मार्फत सिद्वयाउने तथा खतम पर्ने धम्कि नेताहरुको घर घरसम्म पु¥याउन थालेका छन् ।

तर यसका प्रतिरोधमा आम नागरिकहरुले भने ‘काम सही भएपनी कानुन र संविधान भन्दा माथी जान खोजेकाले यो दुर्दशा खेप्नु पर्ने देखिएको अनुमान लगाउन थालेका छन् ।’

एकाथरीले महाअभियोग प्रस्तावको पक्षमा उभ्याउने र विपक्षमा रहने खेल भइरहेको बेला माओवादी केन्द्रका तर्फबाट प्रस्तावक बनेका जनमुक्ति सेनाका पुर्व कमाण्डर तथा संसद महेन्द्र बहादुर शाहीलाइ ज्यानमार्ने धम्कीहरु आएको माओवादी केन्द्रका मजदुर नेता, अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष्य, प्रदेश न. ३ फ्र्याक्सन कमिटिका इञ्चार्ज तथा ट्रेड युनियन महासंघका केन्द्रिय सदश्य समेत रहेका जनक बर्तौलाले जनाएका छन् । उनले उक्त धम्कि बिरुद्द लोकमान सिंह कार्की तथा उनका समर्थकहरुलाई चुनौती दिँदै आफु ससक्त प्रतिकार गर्न तयारी रहेको समेत बताएका छन् । उनले भने , ‘सक्छौ भने मैदानमा उत्रेर लड्न आउ । नेताहरुलाई धम्कि होइन हामीले लडेर आएको इतिहाँस साँची छ । हिजो लडाइ लड्ने सिप अझै विर्सेका छैनौं ।’

don

कानुनी राज्यको धज्जी उडाएर छोटे राजा बन्न खोजेको आरोप लगाउँदै हिजो देखि साना ठुला राजाहरुको विरु लडदै आएको उनले बताए ।

मुलुक लाइ गम्भीर दुर्घटना बाट बचाउन आफ्नो पार्टीका साथीहरुले महाअभियोग प्रस्ताब लिएर आएको हुनाले देश र जनताको पक्षमा आफु र आफ्नो पार्टी सदैब उभिने र अख्तियार प्रमुख जस्तो गरिमामय पदमा बसेर पदलाई दुरुपयोग गरेर कानुनि राज्यको धज्जी उढाउने कसैलाई पनि आफुले नछोड्ने र उनीहरु बिरुद्द लडिरहने चेतावनी पनि नेता जनक बर्तौलाले दिए िसिङ्गै मुलुक लोकमान बिरुद्द एकजुट भईरहेको बेला नेता बर्तौलाले आफुहरु जस्तो सुकै परिस्थितिमा पनि लोकमान बिरुद्द लडेर महाअभियोग लाइ पारित गरि छाड्ने र धम्कि दिनेहरु लाइ पनि कुनै पनि हालतमा नछाड्ने उनले बताए ।

Facebook Comments

Leave a Reply