रिश्मा म्युजिक भिडियोमा देँखिदै

कला

एविसि खबर
काठमाडौं, ९ कात्तिक । चलचित्र ‘कबड्डी कबड्डी’ दुबै सिक्वेलकी नायिका रिश्मा गुरुङ पनि म्युजिक भिडियो मोडलिङमा देखिएकी छन् । मेलिना राईको स्वर रहेको ‘लेक फुल्ने..’ गीत माथि बनेको म्युजिक भिडियोमा उनले अभिनय गरेकी हुन् ।

भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा रिश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् । सान थापाले निर्देशन गरेको ‘मेलिना ’एल्बममा समाबेस यो गीतमा शब्द संगीत उत्तम जंग लिम्बुको रहेको छ । पछिल्लो समयकी ब्यस्त मेलिनाको ‘कम्बर माथि पटुकी’ , ‘सिरैमा सिरबन्धी’ , ‘तिमीले बाटो मोड्यौ अरे’ लगायत आधा दर्जन गीत चर्चामा छ ।

रिश्मा अभिनित पछिल्लो चलचित्र ‘झुम्की’ केही पहिले प्रदर्शनमा आएको थियो । तर चलचित्रले भने उनलाई त्यति चर्चा दिलाउन सकेन ।

Facebook Comments

Leave a Reply