अनाथ बालबालिकासँग नायीका सारिका (फोटो फिचर सहित)

कला

भिम दुमी
काठमाडौं, ९ कात्तिक । नेपाली सिने जगतमा अलग पहिचान बनाएकी नायीका सारिका घिमिरेले आफ्नो जन्म दिन अनाथलयको बालबालिका सँग मनाएकी छन् । उनले जन्म दिनको अवसर पारेर काठमाडौंको नया बानेश्वरको संगम चोकस्थित नया नेपाल समाज केन्द्रको अनाथ बालबालिका सँग आफ्नो जन्म दिन मनाएकी हुन् ।

img_0295

आफ्नो जन्म दिनको अवसरमा उनले अनाथलयका बालबालिका खाना खुवाएकी छन् भने विभिन्न किसिमको शैक्षिक सामग्री समेत वितरण गरेकी छन् । उनले अरु भन्दा फरक तरिकाले आफ्नो जन्म दिनलाई मनाउने कोशिस गरेको भन्दै बालबालिका भनेको भोलिको सुन्दर भविष्य भएकाले बालबालिकाहरु सँग रमाउँदै जन्म दिन मनाएको बताएकी छन् । नया नेपाल समाज केन्द्रको अनाथलयमा उनले विभिन्न पत्रकार तथा कलाकारहरुको साथमा जन्म दिन मनाउँदै आफुले कलकारिता सँगै समाज सेवामा समेत उतिकै रुचिका साथ लागेको बताएकी छन् ।
आमाबाबु गमाएर साहारा विहिन बनेका, बाबु आमाले छाडेका, तथा आमाबाबु अपाङ भएकाहरुको ६७ जना बालबालिका रहेको उक्त केन्द्रमा उनले यो वर्ष पहिलो पटक जन्म दिनको मनाएकी भएपनि आफुलाई त्यहाँ पुगेपछि एक प्रकार को वर्षौँदेखि बसेका जस्तो पारिवारिक माहोल जस्तै भएको बताएकी छन् ।

img_0319

जन्म दिनको अवसरमा उपस्थित सञ्चारकर्मी तथा कलाकारहरुले नायिका सारिकाले जन्म दिनमा गरेको कार्यको प्रशंसा गरेका थिए ।

img_0315

चलचित्र ‘हत्याकाण्ड’बाट नेपाली सिनेक्षेत्रमा प्रवेश गरेकी सारिका घिमिरेले अहिलेसम्म आउँदा दर्जनौ चलचित्रमा अभिनय गरेकी छन् । अभिनयसँग सँगै संगीत र गायनमा पनि आफूलाई उपस्थीत गराएकी सारिकाको आगामी चलचित्र साहित्यकार झमक कुमारीको बहुचर्चित कृति ‘जीवन काँडा कि फूल’मा आधारित रहेको छ । चलचित्र ‘जीवन काँडा कि फूल’ चाडै नै दर्शकमाझ आउने तयारीमा रहेको पनि उनले बताइन ।

img_0331

०६४ साल स्थापना भएको नया नेपाल समाज केन्द्रले सबै विद्यार्थीको भरण पोषण आफैले गर्दै आएका केन्द्रका अध्यक्ष कृष्ण गुरुङले बताए । उनले आफुले सुरुमा होटल व्यवसाय गर्दै आउँदा पशुपति नजिकै बालबच्चाहरुले मागी रहेको, रोई रहेको, लडिरहेको देखेपछि केन्द्र संचालनको लागी आँट गरेको बताएका छन् । उनले भने, ‘०६४ सालमा द्वन्द्व भखैरै सकिदै थियो । गणतन्त्रको घोषणा हँुदै थियो । तर बालबालिका यी सबकुरा भन्दा बाहिर रहेर सडकमा सुतिरहेको देखेपछि मनले मानेन् । एउटा दुइटा मात्रैलाई लगेर पालौं लागेको भएपनि यसरी हुन्न भन्ने लागेर केन्द्र खोलेका हौँ । ’

img_0337

उनले केही बालबालिका स्कुल फि मनकारी व्यक्तीहरुले व्यक्तिगत रुपमा दिने गरेको भन्दै संस्थागत सहयोग कतैबाट पनि नमिलेको बताए । हाल त्यस केन्दमा रहेका बालबालिकाहरु ३ वटा विद्यालयमा अध्ययन गर्न जाने गरेको केन्द्रका प्रवन्ध निर्देशक कमल भट्टराइले जानकारी दिए ।
‘अनाथलयका बालबालिकाहरु मेरी पपीन्स स्कुल थापाथली, आशामन्दिर बोर्डिङ स्कुल नया बानेश्वर, संभावी बोर्डिङ स्कुल गौसला र कोशेली स्कुल नयाँ बानेश्वरमा पढ्दै आएका छन् ।’ उनले भने, ‘यस मध्ये कोशेलीमा निशुल्क १४ जना पढ्छन् । बाँकी विद्यालयमा बार्षिक १५ हजार रुपैयाँ फि तिर्नु पर्छ ।’

Facebook Comments

Leave a Reply