प्रेमको ‘सानिको माया जालमा परेर’ म्युजिक बजारमा (भिडियो सहित)

एविसि खबर
काठमाडौं ८ कात्तिक । तेह्रथुमको ओखरे गाबिस ४ जन्मिएका प्रतिभाशाली गायक प्रेम सेनको गीत तथा म्युजिक भिडियो युट्युब मार्फत भाइरल बनेको छ । प्रतिभाशाली गायकको रुपमा सांगीतिक फाटमा उदाएका उनले ०६७ सालमा रेडियो नेपाल बाट स्वर परिक्षण्मा उतिर्ण गरेका थिए । स्वर परिक्षा पास गरेसँगै संगीतलाई आफ्नो कर्म क्षेत्रका रुपमा लिएका उनले पछिल्लो समय यस क्षेत्रलाई नै आफ्नो व्यवसायका रुपमा सम्हाल्दै आएका छन् ।

कलिलो उमेर बाटनै संगीतमा रुचि राख्दै आएका गायक प्रेमले ७ बर्षको उमेर बाटनै गुरु चन्दन कुमार श्रेष्ठ संग गीतसंगीतको कक्षा लिएर सिक्न थालेका थिए । दर्जनौ गितहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक प्रेमको पछिल्लो नया एल्बम ‘प्रेम कथा’को शिर्ष गित “छौ सानी सानी मायाको खानि“को म्युजिक भिडियो भने अहिले युट्युब मार्फत भाइरल बनेको हो । विभिन्न टेलिभिजनहरुमा पनि दर्शक हरुको रोजाइमा पर्दै उक्त गीतमा नायिका तथा मोडल आंचल शर्मालाई लिएर उनले म्युजिक भिडियो समेत निर्माण गरेका छन् ।

म्युजिक भिडियोमा उनलाई बिनोद न्यौपानेले साथ दिएका छन । संगीतकार साजन शाहको संगीत रहेको छ भने गितमा लेखु सहयात्रीको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका छन । सजिलै संगीत प्रेमीहरुको मन मुटुमा बस्न सक्ने खालको सुमधुर आवाजले भरिएको ‘छौ सानी सानी मायाको खानी’ भन्ने पप गितको म्युजिक भिडियो पनि त्यतिकै राम्रो बनेको प्रेमले बताए ।

भिडियो हेर्न तल जानुहोस …

Facebook Comments

सम्बन्धित

Leave a Comment