लब र मनोजको ‘प्रेमालय’ बजारमा

कला

एविसि खबर
काठमाडौं, ६ कात्तिक । यूवा गीतकार लब हुन्चिङ मगर र युवा गायक तथा संगीतकार मनोज थापा मगरको संयुक्त प्रयासमा सोलो गीती एल्वम ‘प्रेमालय’ सार्वजनिक भएको छ । एल्वममा निखिता थापा मगरले उनीहरुलाई साथ दिएकी छन् ।

काठमाडौंको विस्वज्योति मलमा भएको विमोचन गरि बजारमा ल्याईको ‘प्रेमालय’मा लब हुन्चिङको एकल शब्द रचना तथा मनोज थापा मगरको एकल संगीत तथा स्वर रहेको छ । भने उनलाई एउटा गीतमा गायीका निखिता थापा मगरले साथ दिएकी छन् ।

जमलस्थित बिस्वोज्योती मलको ग्याट्रो पवमा सम्पन्न भएको कार्यक्रममा म्यागेसेसे पुरस्कार विजेता तथा प्रविधिमा निपुण व्यक्तित्व महावीर पुन प्रमुख अथिति रहेका थिए । उनी संगै प्राज्ञ कवि तथा साहित्यकार श्रवण मुकारुङ, प्राज्ञ शान्तिराम राई, वेदनीधि पौडेल साथै रचनाकारका बाबु आमालगायतले एल्वमको विमाचोन गरेका थिए । उक्त एल्वममा मनोजको स्वर तथा संगीत रहेको छ । उक्त संग्रहमा ५ वटा गीत समावेस गरिएको छ । ‘सागरको गहिराई’ भन्दा बोलको गीतमा भने निखित थापा मगरले पनि साथ् दिएकी हुन् ।

विमाचोन संगै कार्यक्रमलाई च्यारिटी संकलनको रुपमा समेत दिइएको थियो । च्यारेटीमा संकलित रकम किर्तिपुर स्थित बेबि लाइफ होम, महाबिर पुनले सुरु गरेको राष्ट्रिय अविषकार केन्द्र स्थापना र छोटेलुडी समाज गोर्खालाई सहयोग स्वरुप प्रदान गरिने भएको छ । गीतकार लवका अनुसार सो संस्थाहरुले अगाडि सारेका कार्यक्रम तथा संस्थागत विकासकालागी उक्त रकम सहयोग गरिएको हो ।

Facebook Comments

Leave a Reply