क्यान्सर पीडित जयन्तीलाई सातलाख सहयोग

समाज

एविसि खबर

काठमाडौं, ६ कात्तिक । खोटाङको राखा ९ बस्ने स्तन क्यानसर पीडित जयन्ती राईलाई उनका आफन्त लगायत सहयोगी मनहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । उनलाई साउदीबाट बिरामीका काका दिलबहादुर राईको नेतृत्वमा आर्थिक सहयोगको अभियान संचालन सुरुवात गरेसँगै हाल सम्म करिब ७ लाख रुपैयाँ प्रदान गरिएको छ ।

साउदीबाट सहयोग अभियानमा अञ्जिकुमार विके र सुरेश कुमार राईलगायतको टोलि, युएइ बाट मकन राई, नृपध्वज राई र मनोज राई सक्रियतामा, कतारबाट जनक राई र मछिन्द्रराईको नेतृत्वमा, मलेशियाबाट पुर्णकुमार राई, धनबहादुर गीरी र सुजन राईको सक्रियातमा आर्थिक सयोग गरेका छन् ।

यसैगरी युकेवासी कमल नाछिरिङ, प्रकाश नाछिरिङ्ग, पदम नाछिरिङ्ग, प्रकाश नाछिरिङ्गले, अन्जना गुरुङ, सप्तराज नाछिरिङ्ग, हिराधन राई, हस्तराज नाछिरिङ्ग शम्भु कोयु, भबिन राई, भिम राई लगागतले विशेष सहयोग गरेका छन् । यस्तै कोरियाबाट माधव राई र किशोर राई तथा बेल्जियमबाट रामकुमार राईले सहयोग गरेका हुन् । काठमाडौंबाट रावा हेल्पिङ नेपाल नामक संस्थको पहलमा विशेष सहयोग संकलन गरिएको थियो । विरामीको आर्थिक अवस्था न्युन रहेकाले उनलाई आर्थिक संकलनको अभियान संचालन गरिएको हेल्पिङ नेपालका अध्यक्ष जगत प्रसाद निरौलाले बताए ।

संस्थासँग आर्थिक सहयोग गर्न सकिने अवस्था नभएपनि संयोजन गर्न सक्ने जनशक्ति भएकाले धन नभएपनि मन हुनेहरुलाई सहयोग आब्हान गरिएको संस्थाको महासचिव सुमन नाछिरिङको भनाइ रहेको छ ।

अभियानमा काठमाडौंमा बस्दै आएकी अमिता राईले जयन्तीको उपचारका लागि भरतपुर नै पुगेर जम्मा भएको रकम मध्ये २ लाख ९९ हजार ९ सय २२ रुपैया प्रदान गरेकी थिइन् । बाँकी रकम बिरामीको खाता रहेको महासचिव नाछरिङले जनाए । बिरामी हाल अपरेशन पश्चात गरिने किमोको तयारी रहेको उनको पारिवारिक श्रोतले जनाएको छ ।

Facebook Comments

Leave a Reply