राई विद्यार्थीको आठौ” राष्ट्रिय सम्मेलन इलाममा हुने

समाचार

एविसि खबर

इलाम, ४ कात्तिक । किरात राई विद्यार्थी संघको आठौ“ राष्ट्रिय सम्मेलन सुदूर पूर्बी इलाममा आगामी मंसिर २६, २७ र २८ गते हुने भएको छ । केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले बिहिबार इलाममा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएका हुन ।

‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाका लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ जागरण अभियान’ भन्ने मूल नाराको साथ सम्मेलनको तयारी भइरहेको बताए । सम्मेलन सफल गर्न अध्यक्ष अर्जुन जम्नेली राईको संयोजकत्वमा ५३ सदस्यीय आयोजक समिति र प्रतिवेदन लेखन, विधान संशोधन, आर्थिक, अतिथि सत्कार लगायतको १३ वटा उपसमिति गठन भएको संयोजक राईले बताए । अठार वटा जिल्लामा समिति रहेको संघको सम्मेलनमा ६ सय प्रतिनिधि÷पर्यवेक्षक सहभागि हुने संघले जनाएको छ । उद्घाटन कार्यक्रममा गायक कुवेर राई, पार्वति राई लगायत आकर्षक नृत्य, साकेला, च्याब्रुङ लगायतको झाँकीहरु प्रस्तुत हुने बताइएको छ । सम्मेलनमा जारी विज्ञप्तीमा नयाँ संविधान घोषणाहुदा पनि किन किरात स्वायत्त राज्य आएन भन्ने विषयमा गम्भीर समीक्षा हुने जनाइएको छ । किरात राज्य प्राप्तिको आन्दोलकै रुपमा सम्मेलनको तयारी भइरहेको उनले बताए ।

aa

पहिचान सहितको संघीय राज्य स्थापनाको आन्दोलनमा किरात राई विद्यार्थी संघ सडक संघर्षमै रहेको र धर्मनिरपेक्षता, समानुपातिक÷समावेशी राज्य कायम नभएसम्म आन्दोलनमै रहने त्यहा“ उल्लेख छ । संविधान पुनरलेखन वा संशोधन मार्फत किरात स्वायत्त राज्य नभए आन्दोलन चर्केर जाने त्यहाँ बताइएको छ । संघले किरात राई यायोक्खाले प्रस्ताव गर्दै आएको १७ जिल्लाको किरात स्वायत्त राज्य हुनुपर्ने माग गर्दै आएको छ ।

स्थानीय निकायको पुनःसंरचना सरोकारवालाहरुको सहभागितामा १ हजार वरिपरी संख्या बनाइ गाउ“पालिकाहरुको नाम स्थानीय समुदायको पहिचान खुल्ने गरी राखेर नया“ संरचनामै निर्वाचन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । स्ववियु निर्वाचन जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा तत्काल गर्न माग गर्दै भूकम्प पीडित र असोज २८ गते बहमाई स्थित माइखोलामा ढुङ्गा दुर्घट्नाका मृतक परिवारलाई तत्काल राहत वितरण गर्न माग गरेका छन् । प्रस्तावित किरात स्वायत्त राज्यमा प्रसाशनिक सहजताको लागि किरातीहरुको भाषा र मनोविज्ञान बुझ्ने प्रमुख जिल्ला अधिकारी पठाउन, भाषामा पठानपाठन सुरु भएको विद्यालयका शिक्षक कोटाको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष उत्तम राई, सल्लाहाकार दिपेन बाला राई, यायोक्खा इलाम उपाध्यक्ष राम चाम्लिङ्ग राई, सचिव होमबहादुर राई, पूर्व केन्द्रीय उपमहासचिव जेबि राई, झापा दमकका समाजसेवी प्रबिन चाम्लिङ्गराई, किरात राई विद्यार्थी संघ जिल्ला अध्यक्ष ओपेन्द्र राई लगायतको उपस्थिति रहेका थिए । संघका केन्द्रीय तथा जिल्ला पदाधिकारीहरु र यायोक्खा पदाधिकारीहरुवीच सम्मेलन भब्य बनाउने सम्बन्धमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रमपछि संघका अध्यक्ष अर्जुन जम्नेली राईको हातबाट महेन्द्ररन्त बहुमुखि क्याम्पस इलामबाट भित्तेलेखन समेत सुरु भएको छ ।

Facebook Comments

One thought on “राई विद्यार्थीको आठौ” राष्ट्रिय सम्मेलन इलाममा हुने

  • Kirat Rai Student conference must include or focus on these issues

    (1) How Kirat Rai student connect or affiliate or make communication channel with all other nation wide and many international kirat Organizations?
    (2) How can we unify among kirati for “Kirat Script” which limbus are wrongfully clamed kirat script is their own?
    (3) How to run advocacy workshops (programs) about “Importance of preserving kirat Identity” to make kirati youths and people. Identity means (History, Language, Religion, mother land & country, culture, heritage). Formal school education is not enough to uplift communities but must have country social and political awareness in majority mass population.
    (4) What is really means “Federal Government System”? How it works? What is benefit from FGS? Why geography and natural resources like (mountains, hills, forest, rivers, flat cultivation lands and boundaries with foreign countries) are vital important while drafting the boundaries of federal states.
    (5) How to KRSU organization able to expend, establish and organize effectively more and more? What is the weakness and strength of KRSU?
    (6) How Kirat language implement in children schools, high schools, colleges and universities? How to produce educated kirat language teachers and instructors?
    (7) Develop and published “Kirat History Book” in 4 levels. Level 1 for high school students. Level 2 for Bachelor level of colleges and universities students. Level 3 for Master level students. Level 4 for PhD or researchers. (We can not publish one “kirat history book” for all level. Does not work it.
    (8) How to implement detail “kirat History course” in Nepali main streams institutions (schools, colleges, universities and libraries).

Leave a Reply