मधेसी मोर्चा वार्ताप्रति लचक, चार सदस्यीय वार्ता टोली

राजनीति

काठमाडौं (असोज १७) । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई यथावत् राख्दै सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । मुख्य दल कांग्रेस, एमाले, एमाओवादी संविधान गरेर नयाँ सरकार गठनको प्रक्रियामा प्रवेश गरेसँगै मधेसवादी दलहरु वार्ताप्रति लचक भएका छन् । 201510041443976016id
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय, काठमाडौंमा आइतबार बसेको मोर्चाको बैठकले सीमानाकामा प्रदर्शनलगायतका शान्तिपूर्ण आन्दोलन यथावत् राख्दै वार्ता गर्ने निर्णय गरेको संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
संविधान निर्माणको प्रक्रियामा असन्तुष्ट उपेन्द्र यादव र विजयकुमार गच्छदार नेतृत्वको मधेसवादी मोर्चाहरु वार्ता प्रक्रियामा आएका हुन् ।
मोर्चाले सरकार र तीन दलसँग औपचारिक वार्ताका लागि चार सदस्यीय टोली बनाएको छ । वार्ता टोलीमा फोरम नेपालका लालबाबु राउत, तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल, सद्भावनाका लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावना पार्टीका रामनरेश राय छन् । मधेसी मोर्चाका नेता एवं फोरमका सहअध्यक्ष श्रेष्ठले विगतमा भएका ८ र २२ बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता आए जुनसुकै समयमा आफूहरु वार्तामा बस्न तयार रहेको बताए ।
यसैबीच, विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले तीन दलसँग संविधान संशोधनका विषयमा ठोस प्रस्ताव मागेको छ ।
Facebook Comments

Leave a Reply