सम्भावना बोकेकी बालगायिका क्रिस्टिना (भिडियो सहित)

कला

माक्पाली कान्छा
काठमाडौं, १९ असोज । उमेरका सानी तर प्रतिभाको धनी बालगायिका क्रिस्टिना श्रेष्ठ नेपाली संगीतको बजारमा राम्रो संभावना बोकेकी कलाकार हुन् । सेन्टफर इन्टरनेसनल स्कुलमा कक्षा ६ मा पढ्ने यिनको स्वरमा जादुमय कला छ । प्राकृतिक रूपमै उनको स्वरमा कलात्मकता रहेको प्रतिभा क्रिस्टिनाको नयाँ गीत भर्खरै बजारमा आएको छ । ‘परी हुँ म परी’ बोलको गीत बजार ल्याएकी उनको स्वरमा रहेको गीतसँगै म्युजिक भिडियो यति खेर सामाजिक सञ्जालमा हेर्न पाइन्छ ।

बोली फुटेपछिको केही समयदेखि नै उनले गीत गाउन तथा नाच्न औधी रुचि राख्ने गरेको क्रिस्टिका आमा अपर्णा श्रेष्ठले बताउँछिन । उनले आफ्नो छोरीले २, ३ कक्षामा पढ्दा खेरी नै तोतेबोलीमा गीत गाउने गरेको बताइन् । उनले हालसम्म स्कुलमा संगीत सिकेको बाहेक अन्य ठाउँमा साधनासमेत नगरेकी बताउँदै उनको आमाले भनिन्, ‘छोरीले त्यही बेलादेखि आफ्नो क्षेत्र रोजेकी हो की भनेर यो गीत रेर्कड गरिदिएको हो ।’ क्रिस्टिनाले भनिन्, ‘मलाई गीत गाउन साँच्चै मजा आउँछ ।’ गीत गाउनको अलवा उनी राम्रो नाच्ने बालिका पनि हुन् । गीतार राम्रो बजाउन सक्ने बताउँदै उनले पछिल्लोपटक इन्दिरा जोशीहरू सँग सामुहिक गीत गाएको पनि सुनाइन । क्रिस्टिनाको आमा अर्पणा श्रेष्ठ पनि गायिका नै हुन् । उनलाई गायिकीको प्रेरणा पनि आमाबाट मिलेको हो ।

संगीतमा साँच्चै भित्रैदेखि भिजेर गाउने बालप्रतिभा क्रिस्टिनाका गुरु सन्तोष दुमीले उनको प्रतिभा कुनै साधनाले भन्दा पनि प्राकृतिक रूपमा प्राप्ती हो की जस्तो लाग्ने प्रतिक्रिया दिन्छन् । ‘उनले गाउने शैली कुनै स्थापित भनिएको कलाकारभन्दा कम छैन ।’ दुमीले भने, ‘उनको गायकी साँच्चिकै लोभलाग्दो रहेको छ । यतिका प्रतिभालाई संरक्षण गर्न तथा प्रोत्साहन गर्नसके भोलि देशले निकै राम्रो कलाकार पाउनेछ ।’

उनले गाएको ‘परी हुँ परी नेपालको छोरी’ महेश ज्ञवालीको शब्द र संगीतमा रहेको गीत हो । क्रिस्टिनाकै मोडलिङ रहेको उक्त म्युजिक भिडियोको निर्देशन विपिन रिजालले गरेका छन् । आमा अपर्णाको ‘तिमी हिँडने गोरेटोमा’ बोलको गीत पनि कुनै समय निकै चर्चामा रहेको गीत हो ।

भिडियो हेर्न तल जानुहोस…

सौर्यबाट

Facebook Comments

Leave a Reply