फेसबुकमा प्रलोभन देखाएर नेपालीलाई ठग्ने धन्दा

wqएविसि खबर

काठमाडौं, १९ असोज । फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने र केही राम्रा कुराहरु गर्ने, त्यसपछि नाम नम्बर मागेर मैले समान पठाइदिन्छु भन्दै फकाउने धन्दाले नेपालीहरु मारमा परेका छन् । उनीहरुले फेसबुक मार्फत विशेष गरेर आफ्नो धन्दा फैलाउने कार्य गरिरहेको बुझिएको छ ।

झट्टहेर्दा राम्रो आकर्षक सुनको गरगहना देखि ल्यापटप आइफोन जस्ता सामग्र कुरियर्स गरेर पठाएको छु । भन्दै फेसबुकमा नक्कली बिल पठाइदिएर भ्रममा पार्ने गरेको खुलेको छ । अहिले केही मानिस दिनहुँ प्रहरीको अपराध महाशाखा यस्तै समस्या लिएर पुग्ने गरेका छन् ।

फेसबुकमा केनी जोनसन नाम राख्ने, फोटो पनि आकर्षक राख्ने र नेपाली महिलालाई फ्रेन्ड रिक्वेष्ट पठाउने धन्दा चलाएका व्यक्ति नभेटेर प्रहरी समेत हैरान छ । त्योभन्दा बढी हैरानी त उनको कुरालाई विस्वास गरेर लाखौं रकम उनले भनेको बैंक अकाउन्टमा हालिदिनेहरु नै परेका छन् । यो मुद्वा दर्जन बढी महिला पीडित बनेको हुन सक्ने बताइएको छ ।

जोनसोनले व्यक्तिगत आयस्रोतबारे सम्बन्धित महिलालाई जानकारी दिँदै आफूप्रति आकर्षित गर्थे । त्यस्ता महिलालाई उपहार स्वरुप कसैलाई महंगा मोबाइल, कसैलाई ल्यापटप पठाउँथे ।

प्रहरी अनुसन्धानमा उनले ४० लाखसम्मको सामान पठाउने र पाउने व्यक्तिलाई एअरपोर्ट ट्याक्सबापतको तीनरचार लाख रुपैयाँ भारतीय बैंकमा डिपोजिट गर्न लागउँथे । त्यसो गर्नुअघि सामान ड्राफ्ट गरिएको ट्याग नम्बरसमेत पठाउँथे । उनले भने बमोजिमको रकम जम्मा गर्नुअघि भारतको नम्बरबाट नेपाली महिलालाई फोन आउँथ्यो ।

ती व्यक्तिले रकम पठाउन नेपाली नागरिकको सम्पर्क नम्बर र नेपाली बैंकको खाता नम्बर पनि दिन्थे । तर, विश्वासका कारण ती खातावालासँग सम्पर्क नै नगरी पीडितले भारतीय बैंकमा पैसा जम्मा गरे । अहिलेसम्म पीडितले ३२ लाख नेपाली रुपैयाँ उनको भारतीय खातामा हालिसकेका छन् । यसरी पैसा पुग्ने तर सामान नआउने । एक जना महिलाले जब यही क्रमबाट अरु पनि ठगिएका चाल पाएकी थिइन । यस पछि प्रहरीमा उजुरी गरेकी उनले को बाट ठगिएको भन्ने बारेमा अझै अनविज्ञता प्रकट गरेकी छन् ।

फेसबुकमा चिनजान भयो । उनले आफुलाई प्रभावित पार्न मिठा मिठा कुरा गर्ने गरेको भन्दै पछि समान पठाइ दिएको बताएको उनले बताईन् । बिल समेत पठाएको तर समानको लागि भन्सार तिर्न भनेर पैसा पठाएपछि समान पनि नपाएको पैसा पनि फसेको नाम उल्लेख नगर्ने र्शमा उनले बताएकी छन् ।

Facebook Comments

Related posts

Leave a Comment