तामाङ स्वायत्त क्षेत्र बनाउन अभियान

एविसि खबर

ललितपुर, १८ असोज । स्थानीय तहको पुनःसंरचना गर्दा तामाङ स्वायत्त क्षेत्र हुनुपर्ने मागलाई पूरा गराउन तामाङ समुदायले ५०१ सदस्यीय तामाङ स्वायत्त क्षेत्र निर्माण अभियान समिति गठन गरेका छन् । भौगोलिक रुपले जिल्लाका दक्षिणी भेगमा पर्ने १९ गाविसमा बसोबास गर्ने ६० हजार तामाङ समुदायको हित र अधिकारका लागि स्वायत्र क्षेत्र माग गरिएको उनीहरले बताएका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समितिको संयोजनमा विभिन्न राजनीतिक दलमा क्रियाशील तामाङ नेतृत्व वर्गको अग्रसरतामा समिति गठन गरिएको हो । समितिमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल लगायत पार्टीमा आबद्ध तामाङ प्रतिनिधिको सहभागिता छ ।

क्षेत्रीय विभेदकै कारणले दक्षिणी भेग बत्तीमुनिको अँध्यारो जस्तै भएको समितिका अध्यक्ष उत्तमकुमार लामाले बताए । उनले एक युगमा एक चोटि आउने र युगौँयुगसम्मको महत्व राख्ने स्थानीय तह पुनःसंरचनामा स्थानीय जनता सहभागी हुनुपर्नेमा जोड दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment