किसान र सुगरमिल कर्मचारी बिच झडप

रबिन्द्र यादव,

नवलपरासी, १८ असोज । नवलपरासीको इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टलरीज प्रालि गंगापुर र प्रदुषण पीडित किसानहरु बिच भएको झडपमा ३ जना मिलका कामदार घाइते भएका छन । घाइते हुनेहरुमा भारतको बिहार सिवान जिल्ला बस्ने बर्ष २७ का बिनोद यादव, भारत उत्तर प्रदेश देवरिया जिल्ला घर भएका बर्ष २३ का राकेश यादव त्यस्तै भारत मध्य प्रदेश ग्वालियर बस्ने बर्ष २७ का सोनल सिंह रहेका छन ।

तिनै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते सबैको उपचार स्थानीय क्लिनिकमा भइरहेको छ । तीनैजना मिलका कामदार हुन् । पीडित किसानहरुले जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गते मिल र प्रदुषण पिडित संघर्ष समिति बिच भएको सम्झौता सर्त विपरीत डिष्टलरीज संचालन भएको भन्दै किसानहरु आक्रोषित हुँदै सोमबार डिष्टलरिज बन्द गराउन ठुलो संख्यामा सुगर मिल भित्र पसेपछि कर्मचारी र किसान बिच झडप भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले जानकारी दिए ।

14566322_651395691685558_2119083557544970680_o-1आइतबार डिष्टलरी संचालन भएको भन्दै हजारौंको संख्यामा किसानहरु पम्पलेट, ब्यानर बोक्दै किसान एकता जिन्दावाद, डिष्टलरी बन्द गर, प्रदुषण नियन्त्रण गर, मिलको दादागिरी बन्द गर, जस्ता नारा सहित विरोध जुलुस निकालेका थिए । संघर्ष समितिले मिलले मापदण्डअनुसार किसान संग वार्ता गरिने सम्झौता विपरीत डिष्टलरीज संचालन भएको भन्दै पुनः सोमबार प्रेस विज्ञप्ति निकाल्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विनोद यादवको हस्ताक्षर सहितको विज्ञप्तिमा डिष्टलरीज संचालन भएकोमा यस बाट उतपन्न हुने सम्पुर्ण दुर्घटनाको स्वम मिल जिम्मेवार हुने जनाएको छ । साथै डिष्टलरीज अविलम्ब बन्द गर्न माग गर्दै निष्पक्ष वार्ता मा आउन जनाएको छ ।

संघर्ष समितिको विगत दुई महिना देखि सुगर मिल विरुद्ध आन्दोलन गर्दै आएको छ। इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टलरीज गंगापुर ले आफ्नो प्रदुषित पानी नजिकै रहेको कंगली खोलामा ढल निकास गरेपछि वरपर किसानहरुले लगाएको हजारौं बिगहा धानबाली, केरा, तरकारी खेती पुर्ण रुपमा नष्ट भएका छन । किसानहरुले क्षतिपूर्ति माग, प्रदुषण नियन्त्रण, लामखुट्टे नियन्त्रण जस्ता विभिन्न माग गर्दै आन्दोलन गरिरहेका छन । तर यसमा जिल्ला प्रशासन र सम्बन्धित निकाय मौन रहेको आरोप किसानहरुले लगाउदै आएका छन ।

Facebook Comments

सम्बन्धित

Leave a Comment