चलचित्र ‘राधे’ले एक गते वैशाख रोज्यो

कला

एविसि खबर
काठमाडौं, १७ असोज । चलचित्र ‘लभ लभ लभ’को निर्माणपक्षले नयाँ बर्षको पहिलो दिनलाई नै प्रदर्शन मिति तोकेको घोषणा गर्न साथ अर्को चलचित्र ‘राधे’ उहि समय रोजेको छ । आगामी नयाबर्षको दिन शुक्रबार पर्ने भएपनि चलचित्र प्रदर्शनको मिति तोक्ने क्रममा राधेले १ गते बैसाख रोजेको हो ।

०७४ सालको वैशाख १ गते चलचित्र रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको हो । हिन्दी चलचित्र ‘बाहुबली’ २ साता पछि सरेपछि दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको प्रदर्शन मिति वैशाख १ मा तोकिएको हो ।

यो चलचित्रको मिति सार्वजनिक भएको समाचार मिडियामा आए लगतै चलचित्र ‘राधे’का निर्माता सुशिल पोख्रेलले वैशाख १ मा आफूहरुले पहिले नै मिति तोकेको बताएका छन् । चलचित्रको छायांकन अहिले पाल्पामा भैरहेको छ । वैशाख १ गते नयाँ बर्षको दिन २ नेपाली चलचित्रको भिडन्त हुने पक्का भएको छ । ‘लभ लभ लभ’ प्रदर्शन मिति तोक्दा निर्देशक खनालले अर्को नेपाली चलचित्र नभएको बताएका थिए ।

तर, निर्माता सुशिल पोख्रेलले ‘निखिल उप्रेती, प्रियंका कार्की अभिनित आफ्नो चलचित्र ‘राधे’ पनि वैशाख १ मै आउने बताएका छन् ।

Facebook Comments

Leave a Reply