आङ गेलु र सरस्वतीको युगल स्वरमा सेलो

एविसि खबर

काठमाडौं, १७ असोज । अमेरिकामा बस्दै आएका आङ गेलु शेर्पाले नेपाल आउन साथ चर्चित गायीका सरस्वती सँग युगल गीत गाएका छन् । लामो समय देखि गीत संगीतमा रहेका आङगेलुले पहिलो युगल डोयट गीत गाएका हुन् । उनी सँगै गयीका सरस्वतीको पनि यो युगल गायन पहिलो पटक नै हो ।

सानै देखि गीत संगीतमा चासो राख्ने आङ गेलुले नेपाल आएको मौकामा गीत समेत रेकर्ड गरेका हुन् । गायिका सरस्वती लामासंग शेर्पाले ‘उता बज्यो डम्फु डम डम डम’ बोलको गीत रेकर्ड गराए । सानै देखि गीतसंगीतमा चासो राख्ने आङ गेलु शेर्पा नेपाल आएको बेला गायिका सरस्वती लामाको गीत रेकर्ड गर्ने अवसर मिलेकोमा खुसी ब्यक्त गरेका छन ।
उनले नेपाल आएर गीत रेकर्ड गर्न पाउनु एउटा संयोग मिलेको उनको भनाइ छ । सरस्वती लामाले लेखेको उक्त गीतलाई बुद्ध स्याङवोले संगीत भरेका छन ।

एकल स्वर दिदै आएकी सरस्वतीले लामाले पहिलो पटक युगल स्वरमा गायको बताइन् । आफुले पहिलो पटक युगल स्वर दिदाँ रमाइलो अनुभुत भएको बताइन् । उक्त गीत सरस्वतीलामाले बजारमा ल्याउन लागेको एल्वम उर्वशीमा समावेश गरिने गायिका लामाले बताएकी छन ।

Facebook Comments

सम्बन्धित

Leave a Comment