ओटी र इमर्जेन्सीबाहेक सबै बन्द

एविसि खबर
काठमाडौं १७ असोज । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का आवासीय चिकित्सकहरुले अनसनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारबाट ओपीडी लगायतमा काम नगर्ने भएका छन् ।

national-resident-doctors-association ओटि इर्मजेन्सिमा भने काम नियमित हुने छ । आकस्मिक र शल्यक्रियामा भने काम जारी राख्नेछन् । डा. केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले जनाएको छ ।

बुधबार कार्यक्रम अन्तरगतका अपरेशन (ओटी) र इमर्जेन्सीबाहेकका काममा सहभागी नहुने उसले बताएको छ । एशोसिएसनले डा. केसीको मागमा आफ्नो समर्थन र ऐक्यवद्धता रहेको भन्दै माग पूरा गर्न सरकारसँग माग समेत गरेको छ ।

एशोसिएसनका अनुसार आईओएमका आवासीय चिकित्सकहरु आइतबारदेखि नै पठनपाठनमा बन्द गराएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment