रिल जोडी रियलमा ‘ड्युटी भन्दै डेटिंगतिर’ (भिडियो सहित)

मोहोन परदेशी
काठमाडौं, १७ असोज । जिन्दगी भरिलाई संगै जिउने, संगै मर्ने कसम खाएर बैबाहिक बन्धनमा बाँधिएका युवा जोडि जो एक बेलायती गोर्खा सेना अन्तर्गत परदेशमा ड्युटी गर्दै साहित्य सिर्जनामा तल्लिन् छन् भने एक नेपालमै रहेर अध्यापन पेशा संगै साहित्य सिर्जना र सामाजिक अभियन्ताको रुपमा त्यतिकै शक्रिय छन् , ती जोडीहरुको नाम र काम बारे यो भन्दा धेरै चर्चा गर्न चाहन्न कारण परदेश र घरदेशमा उत्तिकै लोकप्रिय यी नामहरु धेरैको लागि चीरपरिचित नामहरु हुन् ।

एउटा यस्तो गीत जुन एकजना परदेशमा र एक घरदेशमा बसेर शब्दहरुको माला उनिएको छ । गीतकारद्वाय शुष्मा रुपाबुंग र सन्जिब राई पारदर्शीको शब्द रचना र बरिष्ठ संगीतकार बसन्त सापकोटाको संगीत अनि रेनेसा राई बान्तवाको निर्देशन रहेको यस गीतमा नेपाली सुगम संगीतमा ख्यातिप्राप्त गायक राजेशपायल राई र गायिका मिलन अमात्यको स्वर रहेको बिशेष लाहुरे जिवनमा मेल खाने “ड्युटी भन्दै डेटिंगमा“ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ साथै भिडियोमा जिन्दगीका रियल जोडी गीतकारद्वय नै रिल जोडी को रुपमा हेर्न पाइने छ यो म्युजिक भिडियोमा ।

म्युजिक भिडियो हेर्न तल जानुहोस…

Facebook Comments

सम्बन्धित

Leave a Comment