किरात राज्य निर्माणको लागि अभियान समिति

राजनीति

एविसि खबर

काठमाडौं, १६ असोज । किरात स्वायत्त गणराज्य निर्माणको लागि माओवादी केन्दका नेता गोपाल किरातीको संयोजकत्वमा किरात गणराज्य अभियान नामको समिति गठन भएको छ ।

असोज १५ गते काठमाडौंमा भएको किरातीहरुको भेलाले सचिवमा अर्जुन राई संगठन बिभाग प्रमुखमा बसन्त राई, आर्थिक विभाग प्रमुखमा केशर राई, सदस्यहरुमा बिबेक राई, प्रविना राई, डार्विन राई, एगिन राई लगायत ५१ सदस्यीय समिति गठन भएको हो ।

किरात राज्य प्राप्तिको आन्दोलन कमजोर भएको निष्कर्ष निकाल्दै स्वायत्त राज्य स्थापनाको लागि अभियान चलाउने निर्णय भएको छ । माओवादी पार्टीले समेत पहिचान सहितको संघ राज्य गठन गर्न अनकन गरिरहेको भन्दै अभियानको जिल्ला, नगर, गाउँ तहसम्म गठन गरेर तत्काल साझा फोरमको रुपमा बहस चलाउने बताइएको छ ।

संघ राज्यलाई बलियो बनाउन पार्टीलाई संघीय ढाँचामा लानुपर्ने प्रस्ताव राख्दै आएका किरातीले नेपालका पार्टीहरुले किरात, लिम्बुवान, कोचिला, ताम्सालिङ, नेवा, मगरात, तमुवान, मधेश, थरुहट लगायतका राज्यहरु गठन नगरे उत्पीडित जातिहरुले संम्बन्धित भूगोलको नाममा कम्युनिष्ट पार्टीहरु गठन गरेर साझा मोर्चाको रुपमा विकास गर्नुपर्ने विचार समेत राख्दै आएका छन् ।

किराती नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय सदस्य, १ नम्बर प्रदेश ईन्चार्ज तथा पूर्व मन्त्री समेत हुन । पार्टी पहिचान सहितको संघ राज्य निर्माण समावेशी र समानुपातिक राज्य निर्माणको लागि संघर्ष गर्दै आएको तर व्यवहारत सुनुवाइ नभएको किरातीले बताउदै आएका छन् । अभियानले आगामी माओ दिवस (पुष ११)मा राष्ट्रिय गोष्ठि गर्ने त्याहा बाट ठोस कदम चाल्ने निर्णय भएको बताइएको छ ।

Facebook Comments

Leave a Reply