साधारण सभामापुस्तकबिमोचन

समाचार

जानुका राई

लण्डन । सेप्टेम्बर २४, सनिबार २०१६ का दिन बेलायत स्थित किराँत राई माङ्खिम तथा साकेला स्थल किराँत भवनमा किराँत राई यायोक्खा केन्द्रिय कार्य समिति बेलायतको १३ औं बार्षिक साधारण सभा भब्य रुपले सम्पन्न भयो । किराँत राई यायोक्खा बेलायत, केन्द्रका अध्यक्ष पदमबहादुर राईका अध्यक्षतामा सम्पन्नभएको उक्त सभामा नेपालका क्रान्तिकारी योद्धा स्व.रामप्रसाद राईका छोरा, तेह्रथुम जिल्ला किराँत राई यायोक्खा नेपालका अध्यक्ष मानबहादुर राईले प्रमुखअतिथिको आशण ग्रहण गरेका थिए ।

सभामा किराँतराई यायोक्खा केन्द्रिय कार्यसमिति बेलायतको बार्षिक, संगठानीक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । बृहत छलफलपछि संगठनको संशोधित विधानको मस्यौदा र आगामि बर्षको भावि योजनालाई पनि सर्वसमितिले पास गरेको थियो । उक्त सभामा बेलायतका कृयशील १३ वटा किराया प्ररम्भिक कार्यसमितिका प्रतिनिधिहरुको बक्लो उपस्थिति थियो । संस्थाका महासचिव जितेन्द्र साम्पाङ्ग राईले संस्थाको बार्षिक प्रतिवेदन र संस्थाकी सह–कोषाध्यक्ष निलम राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभा–अध्यक्ष राईले मन्तब्यको क्रममा भने, संस्थाको मध्यम बाट किराँत राईहरुका भाषा, धर्म, संस्कार, संस्कृति र संगीत जस्ता विभिन्न क्षेत्रको बिकाश र बिस्तारका लागि नेपालका बरिष्ठ गायक जितेन राई र सरला राईलाई बेलायतका नेपाली समाज माझ सांगीतिक प्रस्तुतिका साथ उपस्थित गराएका छौं ।कलाकार संघ बेलायतका कलाकारहरुका गीत संगीतलाई प्रोत्साहन गराउँदै अगाडि बढाउँनका लागि संस्थाबाट लगानी गरेका छौं । यसको अलवा बेलायतबासी नेपालीहरुका गीत संगीतलाई प्रोत्साहन गराउदै अगाडी बढाउनका लागि संस्थाबाट लगानि गरिरहेको कुरो पनि अध्यक्ष राईले बताए । नेपालमा गएको बिनाशकारी महाभूकप्प पीडित, आर्थिकस्थिति कमजोर भएका बिमारीलाई उपचारका लागिर बाढी पैरो लगायत नेपालका विभिन्न क्षेत्रमा अर्थिक सहयोगमा लगानी गरिरहेको कुरो अध्यक्ष राईले अवगत गराएका थिए ।

उक्त कार्यक्रमको अवसरमा नेपाली राजनीतिमा जनजाति नामक पुस्तकको पनि बिमोचन गरिएको थियो । किराँत राई यायोक्खा बेलायतका सल्लाहकार अधिवक्ता चण्डीराज राईद्धारा लिखित उक्त पुस्तक सभा–अध्यक्ष, प्रमुखअतिथि र अन्य अतिथिहरुका बहुलिबाट समुहिक रुपमा बिमोचन गरिएको हो । विमोचनपछि पुस्तकको समिक्षागर्दै सभाअध्यक्ष राईले, बेलायतमा रहेरपनि नेपालको राजनीतिक परिवर्तन र त्यसबाट नेपाली जनतामा परेको प्रभावबारेमा गहिरो चासो राखेर तयार भएको उक्त पुस्तकको अध्ययन गरेमा राजनीति पार्टी, संगठन र संघ–संस्थामाकामगर्ने सबै समाजसेवीहरुलाई उपयोग हुने कुरो बताए । आफ्नो राजनीतिक शास्त्रको (एम ए ) मास्टर डिग्री तहको अध्ययनको अन्तमा आठौंपत्रको शोधपत्र तयारी गर्दा नेपालको शोधपत्रको त्रिभुवन विश्व विध्यालय राजनितिकशास्त्रको विभागले उच्च मुल्यांकन गरेको त्यो पुस्तकको रुपमा पहिलो पटक २०५६ सालमा प्रकाशन भएको थियो ।

पहिलो संस्करणमा २०४८ देखि २०५६ सालसम्मको नेपालको जात–जाती तथा जनजातिको जनसंख्याको आधारमा राजनीति तथा जनप्रशाशन सेवामा जनजातिहरुको सहभागिताको विश्लेष्ण गरिएको लेखक राईले बताए । पछिल्लो समयमा माओवादी जनयुद्ध र यसले नेपाली समाजमा छाडेको प्रभाव । २०६२÷६३ को जनआन्दोलन र गणतंन्त्रको घोषणा, पहिलो र दास्रो संविधानसभाको घोषणादेखि वर्तमान मधेश आन्दोलन सम्मको घटनालाई समेटेर तयार परिएको उक्त पुस्तक नेपाल भन्दा बहिर बसेर आफ्नो देशको बारेमा जानकारी राख्न चाहने सबै नेपालीहरुका लागि उपयोगीहुने कुरा लेखकराईले बताए ।

Facebook Comments

Leave a Reply