क्यान्सर पीडित जयन्तीलाई आर्थिक सहयोग

समाज

एविसि खबर
काठमाडौं, १२ असोज । खोटाङको राखा ९ बस्ने स्तन क्यानसर पीडित जयन्ती राईलाई उनका आफन्त लगायत सहयोगी मनहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । अभियान कर्ता अमिता राइको सक्रियतामा ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

पीडित जयन्ती चार महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी छन् । आर्थिक सहयोग गर्नेहरुमा कमल नाछिरिङ, प्रकाश नाछिरिङ्ग, पदम नाछिरिङ्ग , प्रकाश नाछिरिङ्गले विशेष रकम उठाउन पहल गरेका थिए ।

सप्तराज नाछिरिङ्ग, हिराधन राई, हस्तराज नाछिरिङ्ग शम्भु कोयु, भबिन राई, भिम राई लगागत युके निवासी दाजुभाइ दिदीबहिनी हरुले विशेष सहयोग गरेका छन् । अभियान कर्ता अमिता राईले जयन्तीको उपचारका लागि भरतपुर पुगेर जम्मा रकम २ लाख ९९ हजार ९ सय २२ रुपैया प्रदान गरेकी हुन् ।

Facebook Comments

Leave a Reply