१३ असोजबाट किर्तिपुरमा मिश्रीत मेला

एविसि खबर
काठमाडौं, १२ असोज । नेपालीहरुको महान चाड बडा दशैँ नजिकै आउदै गर्दा संस्कृतिले भरपुर पर्यटकिय नगरी किर्तिपुरमा दोस्रो किर्तिपुर औधोगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३ गरिने भएको छ । १३ गते असोज देखि असोज २३ गते सम्म किर्तिपुरको नया बजारको खेलकुद मैदानमा मेलाको आयोजना हुने भएको हो ।

सधै सामाजिक कार्यगर्दै आएको औधोगिक शान्ति नेपाल संस्थाले एम्बुलेन्स खरिद सहयोगार्थ दोस्रो पटक कीर्तिपुरमा मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ । लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल सस्था र बिगत साढे तिन दशक देखि सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील रहदै आएको नया बजार क्लब किर्तिपुरको संयुक्त आयोजनामा दोस्रो पटक दोस्रो किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलाको आयोजना गरिएको हो ।

किर्तिपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले मजबुत बनाउने र किर्तिपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले बताए ।

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा निशुल्क स्वास्थ्य सिबिर रहने साथै मेलामा प्रवेश शुल्क निशुल्क रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।

दोस्रो किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकार हरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिड लाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरु को लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले दिए ।

मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्णलाइ उनले आव्हान पनि गरेका छन् । मेला बिधिबत रुपमा १३ गते बाट सुरु हुने भएको छ ।

Facebook Comments

Related posts

Leave a Comment