सातौं राष्टिङय खेल्कुदका लागि टेटे खेलाडी छानिए

एविसि खबर

खोटाङ, १० असोज । साँतौं राष्ट्रिय खेलकुदका लागि खोटाङ जिल्लाबाट टेबुल टेनिस खेलाडी छनौट भएका छन् । क्षेत्रीय खोलामा सहभागी हुन जिल्लास्तरिय टेबलेटेनिस बाट महिला तर्फ सिर्जना श्रेष्ठ र निकिता श्रेष्ठ जालपा, पुरुष तर्फ नवीन राई र जयन राई , नुनथला छनौट भएका हुन् ।

बिजेताहरुले बिराटनगरमा सम्पन्न हुने क्षेत्रीय छनौट खेलमा प्रतिस्पर्धा गर्नु पर्नेछ । सो छनौट खेलमा महिलातर्फ छ जना पुरुष तर्फ ३७ जना खेलाडी सहभागी भएका थिए । जालपा मावी नुनथलाको कार्यक्रम हलमा भएको खेलमा जिल्ला टेबलटेनिस सङ्घ खोटाङ्गको अध्यक्ष हेमबिक्रम राइको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जिल्ला खेलकुद विकास समिती खोटाङ्को अध्यक्ष माइतिराज राईको प्रमुख आथित्यमा सम्पन्न खेलाडि छनौट कार्याक्रममा जिल्लाको खेलकुदको विकासमा गाउँवस्तिहरुमा पुगेर आफु लागि पर्ने प्रमुख अतिथिले बताएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment