चिराइतोमा रोग लागेपछि किसानमा चिन्ता

समाज

एविसि खबर
भोजपुर, ११ असोज । गत वर्षको तुलनामा यसवर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन्् ।

खेती लगाएर हुर्कंर्दै गरेको आधाजसो बोट रोगले सखाप पार्न लागेपछि उत्पादनमा गिरावट आई आम्दानी गुम्ने भएको षडानन्द नगरपालिका–८ का कमल भुजेलले बताए । उनका अनुसार ‘दाम आउने बोट जरासितै मर्न थालेको छ । बगानै खत्तम हुन लागेको छ, हाम्रो खाने लाउने, घरखर्च टार्ने मेलोमेसो नै गुम्न लागेको छ ।’

कृषि विकास कार्यालय भोजपुरमा उपचार पद्धतिबारे सोधपुछ गर्दा अनविज्ञता व्यक्त गरेको सोही ठाउँका अर्का कृषक ग्याल्जेन शेर्पाले बताए । माथिल्लो भेगको १ हजार ७ सय देखि ३ हजार मिटर उचाइसम्ममा उत्पादन हुने चिराइतोबाट पोहोर साल प्रतिघर २४ लाख रुपैयाँ कमाएका किसानले यस वर्ष भाउ पाए पनि ५० हजारसमेत बनाउन नसक्ने अनुमान लगाइसकेका छन् । छोटो र कम लगानीबाटै अत्यधिक आम्दानी लिन सकिने भएपछि विगत ६ वर्षदेखि परम्परागत खेतीलाई छाडेर नगदेबाली चिराइतोमा भोजपुरका कृषक आकर्षित बनेका हुन् ।

Facebook Comments

Leave a Reply