राज ढुंगेलको अकबरी सुनलाई इमेज अवार्ड (भिडियो सहित)

कला

एविसि खबर
काठमाडौं, ९ असोज । पुर्वेली लोक गायक राजु ढुंगेलको लोक गीत ‘अकबरी सुन’ले टुबोर्ग इमेज अवार्ड २०१६ को उपाधी प्राप्त भएको छ । लामो समय देखि संगीत साधनामा पुर्वेली लोक संस्कृतिमा आधारित गीत प्रस्तुत गर्दै आएका ढुंगेलको लोक गीत सयौँ लोकगीतलाई पछि पार्दै अवार्ड प्राप्त गरेको हो ।

इमेज अवार्डको १८ औं संस्करणको उपाधी प्राप्त गर्न सफल गीतको शब्द संयोजन तथा लय संकलन अभय ढुंगेल र राजु स्वंयमले गरेका छन् भने गीतलाई राजु ढुंगेल र नविन ढुंगेलले गाएका छन् । शिला बहादुर मोक्तानको संगीतको संयोजनामा रहेको गितलाई आर्टिष्ट नेपालले बजार सम्म पु¥याउने काम गरेको छ ।

पुर्वेली परिवेशमा रहेको गाउँका टिपिकल भाषालाई ओखलढुंगाको वरीपरी बसेर लेखिएको शब्दमा नृत्य निर्देशक यम गुरुङले निर्देशन तथा गुरुङ र रिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोको छांयाकन करण र सम्पादन माधव बेल्वासेले गरेका छन् ।
भिडियो हेर्न तल जानुहोस…

Facebook Comments

Leave a Reply