‘मिस नेशनल आइकन’ हुने

कला

एविसि खबर
काठमाडौं, ८ असोज । ब्राइट इन्टरटेनमेन्ट प्रा.लिले नेपाली कला, संस्कार, संस्कृती, भाषा, भेषभूषा आदिको प्रवद्र्धन गर्ने ‘मिस नेशनल आइकन २०१७’ को आयोजना गर्ने भएको छ । नयाँ प्रतिभाको खोजी गर्दै देश विदेशमा समेत उनीहरुको पहिचानलाई स्थापीत गर्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक गणेश इशाराले जानकारी दिए ।

१६ बर्ष देखि २७ उमेर समुहका एसएलसी उत्तीर्ण अविवाहित महिला प्रतियोगितामा सामेल हुन पाउने प्रालिले जनाएको छ । विश्वभर छरिएर रहेका प्रतिभाशाली युवतीहरुले सहभागिता जनाउन पाउने प्रतियोगिताका लागि पुष २९ गतेसम्म आवेदन फाराम बुझाउन पाइने छ ।

आवेदन प्राप्तभएपछि २२ दिनको तालिम दिएर माघको पहिलो साता आवेदकहरुलाई छनौट प्रतियोगितामा सामेल गराइने र फागुनको अन्तिम साता फाइनल प्रतियोगितामार्फत मिस नेपाल आइकन छनोट गरिने कार्यक्रम रहेको कार्यक्रमका निर्देशक धनीराम राईले जानकारी दिएका छन् ।

प्रतियोगिताको फाइनल राउण्डमा विजेतालाइ कार, फस्ट रनरअपलाई आकर्षक स्कुटी तथा सेकेन्ड रनरअपलाई ५० हजार नगद सहित अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । त्यसबाहेक विभिन्न २० विधामा छनोट भएका उत्कृष्ट प्रतियोगिहरुलाई आकर्षक पुरस्कार र विभिन्न अवसरहरु प्रदान गरिने निर्देशक राईले बताए ।

प्रतियोगितामा सहभागी हुन पोखरा, बुटवल, धनगडी, हेटौडा, दमक, इलाम, धरान, र काठमाडौंबाट आवेदन भर्न सकिने कार्यक्रम संयोजक इसाराले जानकारी दिएका छन् ।

Facebook Comments

Leave a Reply