यारीको च्यारेटीमा दर्शकको घुँइचो

काठमाडौं, ८ असोज । चलचित्रहरुको च्यारेटी एकै पटक एउटै हलमा दोहोरीएको कमै होला तर शनिबार प्रदर्शनमा गरिएको चलचित्र ‘यारी’को भने छुट्टै इतिहाँस रह्यो । चलचित्र विकास बोर्डको हलमा प्रदर्शन भएको उक्त चलचित्रको च्यारेटिका लागी दर्शकहरुको निकै ठुलो घुँइचो लागेको छ ।

सिलिचुङ फिल्म्स प्रा.लिको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको च्यारेटिमा पहिलो शोमा दर्शक नअटाएपछि लगातार दोस्रो, तेस्रो हुँदै ४ वटा शो भव्यताका साथ सम्पन्न भएको छ । पुर्वको किराती समुदायको संस्कृतिमा आधारित रहेको चलचित्रको कथा, पटकथा, संवादले दर्शकहरुलाई पुर्ण मनोरन्जन दिनकासाथै सफल सन्देश दिएको दर्शकहरुको प्रतिक्रिया रहेको थियो ।

मध्यपुर्वको माझ किरात क्षेत्र सिलिचुङमा केन्द्रित रहेर छाँयांकन गरिएको उक्त चलचित्रमा आधुनिकताको नाममा विकास निर्माणले ल्याएको रैथाने संस्कार संस्कृति तथा स्थानीय उत्पादनमा पार्ने असरको बारेमा स्पष्ट पारिएको छ । कथामा विकासको नाममा किराती संस्कृतिमाथी आफ्से आफ हुने हस्तक्षेपको बारेमा कलात्मक रुपमा जानकारी प्रदान गरिएको यारीका निर्देशक युवराज राई (बीर बहादुर)ले जानकारी दिएका छन् ।

yari11चलचित्रमा सांस्कृतिकरुपमा रहेको निश्चल तथा पवित्र प्रेमको नमुना समेत प्रस्तुती गरिएको छ । रिति सँस्कार संस्कृतिको महत्वलाई सिमानाको रुपमा गरिएको साँचो प्रेममा समेत समर्पण हुने कुरा देखाउँदा चलचित्रको उचाई थप बढेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा बगेको कथा आफ्नै जीवनमा भोगिएको र अहिले गाउँघरले भोगी रहेको सामाजिक यथार्तको वरीपरी रहेको हलबाट निस्केका किरात राई चलचित्र कर्मी संघका महासचिव सुमन नाछिरिङले बताए । चलचित्रमा रहेको सबै कलाकारहरुको शसक्त अभिनय रहेको बताउँदै गायीका शिला राईले कथाले मन छोएको बताईन । यस्तै स्थानीय उत्पादनलाई बाह्य उत्पादनले विस्थापित गर्दै आएको तितो यर्थात फिल्ममा राखिएको उनको भनाई रहेको छ ।

चलचित्रले किराती संस्कारलाई संरक्षण गर्न आवश्यक रहेको सन्देश दिन खोजेको कवि खुक्सङ खम्बुले बताए । चलचित्रको च्यारेटी हेर्न हलपुगेकी गायीका सरस्वती लामा भुजेलले आफुलाई फिल्मको कथा र कलाकारको अभिनयले रुवाएर पानी पानी बनाएको प्रतिक्रीया दिइन् ।

चलचित्रको निर्माण दक्षकुमार राई हङकङ, गणेश गीरी, उर्मिला राई (सरु) र प्रविण राईले गरेका हुन् । युवराज राईको कथा, निर्देशन र छायाङ्कन रहेको यस चलचित्रमा श्याम राई, कल्याण राई, प्रवीण पुमा, दछु राई, ज्योति राई, निर्भिक राई, विष्मीता राई, सञ्जु राई, जाइका राई, प्रवीण राई, जनक राई, वीरकुमार राईलगायतका दर्जनौ कलकारहरुका जीवन्त अभिनय रहेको छ ।

प्रवीण पुमाको पटकथा एवं क्रिएटिभ राइटिङ, डिक वान्तावाको सम्वाद र किरणराज थापाको सम्पादन रहेको यस चलचित्रमा जनक राईको नृत्य निर्देशन, डक्टर किरात र पदम राईको सङ्गीत, भुपाल राई र चन्द्र रानोहँछाको गीत समावेश रहेको छ ।

– भिम राई

Facebook Comments

सम्बन्धित

Leave a Comment