सांगीतको कोशेली लिएर हङकङ जाँदै कला

कला

एविसि खबर

काठमाडौं, ६ असोज । नेपाली संगीतको बजारमा राम्रै छाएकी गायीका कला राई बिशेष साँगीतिक कोशेली बोकेर हङकङ जाने भएकी छन् । पान्धारे चौकी, बुकी है फुल्यो,  जस्ता चर्चित गीतका गायीका कलाले हङकङमा उनको एल्वममा आउन लागेको नया गीतहरु समेत गाउने तयारी गरेकी छन् ।

आउन लागेको एल्वममा समेटिने गीतहरु दाइ साइला नेदेखेनी हुने थियो, यती चोखो यति मिठो, घुम्दा फिर्दा जस्ता मनछुने गीतहरु गायकी छन् । हङकङ नेपाली महासंघको आयोजनामा हुन लागेको ‘रमाइलो शरद साँझ’को अवसरमा उनको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा गायक एपि शेर्पा तथा नृत्याङगना निलम ढुङगानाको समेत बेजोड सहभागिता रहने छ ।

हङकङ स्थित याउ मे तेइ सामुदायिक हलमा २५ सेप्टेम्बर अर्थात ९ गते असोजका दिन हुने कार्यक्रममा सहभागी हुन कलाकारहरु असोज ७ गते नै त्यता जाने भएका छन् ।

Facebook Comments

Leave a Reply