संगीतमा फर्कदै भलाकाजी (गीत सहित )

कला

काठमाडौं,६ असोज । खोटाङ जिल्लाको सुदुर गाउमा जन्मेका उर्जावान युवा गायक भलाकाजी राई केही समय यता नेपाली संगीचतमा गुमनाम नस्तै भएका थिए । घरको व्यवहारिक काम तथा बाँच्नका लागि गर्नुपर्ने रोजगारी जस्ता कुराले उनलाई गीत संगीतबाट अलि पर पु¥याएको थियो ।

तर उनी भर्खरै काठमाडौं सुटुक्क छिरेर फेरी आफ्नो संगीतको यात्रालाई अगडि बढाउन लागेका छन् । उनको ‘भिन्चीको मोनालिसा जस्तै, गोर्कीको आमा जस्तै , मेरो प्यारो नेपाल, मेरो प्यारो नेपाल, प्यारो नेपाल ’ बोलको गीतको रेकर्डीङ सकिएको छ । उनकै शब्द संगितमा रहेको राष्ट्रिय गित हो यो ।

प्राय स्टेजमा गितहरु गाइरहने गाउँका कुसल कलाकार तथा युवा कवि भलाकाजी राई प्राय जनजीविकाको गित गाउँछन् । बाल्यकालमा उकाली ओराली गर्दै मेलापातमा जादा आफन्तहरुले गाएको सुनेर संगितमा रमाउन पुगेका राईले आफ्नै बाबाले गित गाउन सिकाएको बताउँछन् । उनी सम्झन्छन् । त्यो बेला चलेको गित ‘मायाको बारीमा प्रितिको फूल संगाली राखेको कुसुमे रुमाल’ पहिलो चोटी बाबाले गाउन सिकाउनु भएको राई भन्छन् । यस पछि मेलापातमा जााद गाउँका अग्रजहरुले गाएको हाकपारे गित ‘सर्लगंै यो केश मायाले काटयो नौ डाडाँ नौ देश’, ‘छम छम घाास डाले, धेरै धेर सम्झना ए होइ मै जाले’ । जस्ता गितहरुले त्यो गाउनै संगितमय बनाए पछि को हुादैन त कलाकार उनको भनाई छ ।

bhalakaniकलायात्रा तय गरेपछि शुरुमा रामेश रायनको गित गाउादै हिडेका उनि आफैले पनि गित संगित गर्न थालेको धेरै भयो तर काठमाडौको भिडमा छिरेर काम गर्न नजुरेको बताउने उनको बाटो सुल्टिएको बताउछन् । किनार सोलो अडियो एल्बम बजारमा ल्याएको उनको संगित यात्रामा रामेश रायनको सबैभन्दा कठोर पहाड चढ्दै छौ तर गर्विलो पहाड चढ्दै छौ जस्ता गितहरुले प्रेरणा दिईरहेको छ । आफ्नो अनुभतिमा सिर्जना निरन्तर गर्ने तर नामकालागि नभएर आत्मसन्तुष्टिका लागि गर्दै आएको बताउने राई आफुले संगितलाई अभिव्यक्तिको सुन्दर माध्याम ठानेका छन् । संगित भनेको जर्बजस्त थोपरिएको जस्तो माटोको ढिस्कुनो होईन । संगित भनेको त भर्खरै काढेको महको शुद्ध चाका हो जस्लाई चटक्क काटेर मुखमा लगाउादा जस्तो स्वाद हुन्छ त्यस्तै हुनु पर्छ भन्छन उनि । गित, संगित तथा गायकीको अलवा कविता लेखनमा समेत राम्रै उपस्थित दिने कलाकार राईको पुर्वेली लोक भाकाका मारुनी गित आकाशैमा हेर है झिलि र मिली तारा धरतीमा के फूलै फुल्यो, जीउवै लैग्यो जैमाईले नरलोकमा माया भुल्यो , निकै चर्चामा रहेको छ । यस्तै धान नाचमा भेटौला, तिमिले विर्सेर रै आजमेरो यो हाल भो , आरु फुल्दा भेटौाला मायालु पैयुा फुल्दा छुटौाला मायालु , टिनको टोकरी जस्ता लोक आधुनिक गित बजारमा आएको छ ।

जनवादी गित तथा संगित हुदै सिर्जनाको यात्रामा जमेका उनि संगितमा संख्यात्मक होईन गुणात्मकता चाहिएको अनुभव राख्छन् । हतारमा गरिएको काम लतारिएको हुने उनको तर्क छ । संगितको बजार बढ्दै गएको छ । तर समाउने कोशिस नभएकाले छिनमा आउने छिनमा हराउने नव कलाकारहरुको मनोदशा देखेका उनि संगित बजारमा आउन हतार गर्न नमिल्ने र आए पछि फर्किन नहुने पनि तर्क राख्छन् । हतारमा आएका सिर्जनाले वास्तविक सिर्जनाको अन्त्य हुन सक्ने भएकाले आज व्यवासायिक संगित यात्रामा आउँदा समस्याहरु देखिएको बताउने राईले चाडै अर्को एल्बमको तयारी गरिरहेका छन् । कालिका मावि राखाबाङदेल खोटाङमा प्रारम्भिक अध्ययन गरेको राई ‘राम साईला शुरुबुरु लांकुरीको लंकै पुग्यो जरा, राम साईला दुखीको ज्यानलाई दुष्टले याहाँ भन्दैन है बरा’ यहि गितबाट पहिलो स्टेजमा जमेका थिए ।

जतिहामी माथि जान्छौ घामको नजिक पुग्छौँ ,
न्यानो नया किरणको ताप हामी पाउछौ ,
यात्रा हाम्रो जिन्दगीको वर्षौ वर्ष सम्म ,
बढी रहन्छौ नपुगिन्जेल आफ्नो लक्ष्य सम्म ,

यो गितको हरफले अझै जाागर भरिरहेको बताउने राई आफ्नो बाबा मारुनी नाचको मुलमादले कर्ण बहादुर राईलाई आफ्नो प्रमुख गुरुको रुपमा मान्छन । उनको रगतमा ममा छ, राईको भनाई छ ।

गीत सुन्न तल जानुहोस 

Facebook Comments

Leave a Reply