जे बोलिन्छ त्यही लेखिन्छ

– डा. कविताराम श्रेष्ठ.

खस नेपाली भाषासंबद्ध देवनागरीमा अनेक परिवर्तनका लागि मन्त्रीले नै निर्णय गरेछन् । हेर्नुभा होला, ती यहाँ म दिन्न । तर केही मेरा भन्नुबारे त भन्न मन लाग्यो नै । भन्दैछु जसलाई जे जस्तो सजिलो लाग्थ्यो प्रयोग गर्थे, काम लाग्ने नभए आफा–आफै हराएर फेरिएर जान्थे नै । मन्त्रि वा राज्यले यसमा निर्देश गर्न जरुरी थिएन र छैन ।

लिपिहरू आफै नै समय क्रममा परिवर्तित हुँदै जान्छन् । जस्तै देवनागरी १७ सय वर्ष पहिले लिच्छवि लिपिको स्वरूपमा थियो । त्यस्तै २३ सय वर्ष पहिले त व्राह्मी लिपिको स्वरुपमा थियो । व्राह्मी र पछि लिच्छबी लिपिबाट विकसित गुप्ता, कदम्बा, बंगाली, गुजराती, तिब्बती, काश्मिरी, तामिल, ग्रंथा, खमेर र नेवार लिपिका रन्जना, भोजिमो, पांचामो आदिको अध्ययनबाट थाहा हुन्छ( अक्षरहरू आवश्यकता अनुकूल समय र स्थान विशेषमा आनका तान फरक बन्दै जन्छन् । कोही कायम हुन्छन् । कोही परिवर्तित हुन्छन् । कोही नयाँ आएका हुन्छन् । कोही हराएका हुन्छन् ।

यसैमा भन्नु छ ८ र १० वटा अक्षर परम्परादेखि हुँदा हानी वा अनिष्ट हुने थिएन । अनि हामीलाई के छ ? आफ्ना भाषामा जे जसरी बोल्छौँ त्यसरी नै लेख्छौं । यहाँ भने खस नेपाली भाषाको कुरो परेकाले त्यसै सन्दर्भमा मैले लेख्ने प्रयाश गरेको हुँ । यसमा परिवर्तन चाहने वा नचाहनेहरू सबै खस भाषाभाषी विद्वानहरू परेका छन् । अरू जातिको बुतोभित्र पर्ने कुरो पनि आएन । यही बीचमा त्यही भाषामा साहित्य लेख्न लागि परेका गैह्रखास भाषी परें म । पहिलेनै मारमा परेका एक जनजातिका खासभाषी लेखकलाई यस्ता परिवर्तनले कति गाह्रो सार्ह्रो परेको होला सोच्न सकिन्छ नै । ६० वर्षदेखि खस नेपाली भाषामा निरंतर लेख्दै आएको हुँ । यसएलसी परीक्षाको लागि जे नेपाली भाषा चाहिन्थ्यो त्यति सिकियो नै । त्यसपछि यसै भाषा लेखनमा अनेक परिवर्तनहरू आए । तर कतै जांच पास गर्नु थिएन र मैले कसैलाई टेरिन । खासभाषीहरूले बुझ्नेसम्मका खस नेपाली भाषा मसंग थियो. त्यसकारण उ बेलादेखि नै जे बोलिन्छ त्यस्तै लीखियो र लेखिन्छ । ऊ बेलादेखि नै मेरो बोली नै मेरो व्याकरण र शब्द बिन्यास हुने गरेको थियो र अझै त्यस्तै छ ।

(१) मेरो बोलिमा भएका अक्षरहरू यी छन्( क ख ग घ ङ च छ ज झ .. ट ठ ड ढ ण त थ द ध न प फ ब भ म य र ल व स … ह क्ष त्र ज्ञ । व्याकरणलाई ध्यान नदिने हो भने यत्तिले लेखन चलाउन्न सकिन्छ ।

(२) मलाई अप्ठेरो वा हम्मे पर्ने भनेको स श र ष मा छ। यीनमा एउटा स ले काम चलाए म जस्ताकोलागि सजिलो हुन्थ्यो नै ।

(३) प्रचलनमा भएका संयुक्ताक्षरहरू यथा राख्दा मजस्तालाई फरक नपर्ला । सिकिसकेको हो । गाह्रो छैन। उनलाई चलाई राख्दा भने गाह्रो पर्ला । त्यसलाई चलाई राख्न जरुरी पनि छ भन्ने मलाई लाग्दैन। कुनै कुनै अक्षर कालांतरमा आफै हराऊँदै जान्छ जस्तै स्वरसंगै आउने ऋ लृ अब री र ल्री मा बिलाऊँदै गएको स्थिति हाम्रै सामू छ ।

(४) देवनागरी अक्षरमा आधा उच्चारणलाई आधा अक्षरको व्यवस्था अति नै सरल र तर्कसंगत छ जस्तै( सक्नु,भन्नु, बुझ्नु आदि। कÞुनैकुनै अक्षरहरू जस्तै( ङ छ ट ठ ड ढ मा संयुक्त गर्न केही अप्ठेरो छ नै जस्तै ङ्ग ट्ट ड्ड । यिनलाई खुट्टा काटेर काम चलाऊन सकिन्छ। तर बाँकि सबै व्यंजनमा संयुक्त गर्न सजिलो छ र खुट्टा काट्ने व्यवस्थाले अनावश्यक बढी स्थान लिने लाग्दछ ।

(४) शीरबिन्दुको चलन परम्परागत छ। यो नभए पनि आधा म र न ले काम चलाउन्न सकिन्छ जस्तै ः संविधान.सम्विधान, संसार सन्सार, सकिंछ.सकिन्छ वा आधा न को स्थानमा पनि यसलाई मान्यता दिए हुन्छ ।

(५) ह्रस्व दीर्घ इकार र उकारमा हामीलाई सँधै गाह्रो छ। एउटै मात्र राख्दा सजिलो होला तर फूलको बोट मुनि चरीले फुल पार्दा कसरी कुरा बुझाउने ? समस्या होल। तथापि समग्रमा कुरा त बुझिन्छ नै । आखिर लेख्नु भनेको कुरा बुझाउनै त हो ।

(६) मजस्ता गैह्रखसभाषी समुदायलाई छ छन् छिन् हुनुहुन्छ होइबक्सन्छ सही ढंगमा कता मिलाएर लेख्ने हो अलमल हुन्छ वा आउंदैन । हामी त एउटा क्रियापदले मात्र काम चलाइरहेका हुन्छौं, जस्तै बा आयो, राजा आयो, आमा आयो, बाँदरहरू आयो । हामी जनजातिलाई यो समस्या थियो छ र हुनेछ ।

(७) ब र व मा पनि समस्या छ। यी दुईको ठाऊँमा एउटा मात्र चलाएर काम चल्ने छैन नै। बात गर्न लाई वात गर्न भन्न मिल्दैन। बुबा लाई वुवा भन्न मिल्दैन। बाटोलाई वाटो भन्न नमिल्ने। तर वातावरण, कविता, विष्णु र वन लाई ब नै राख्दा पनि मिल्ने। कतिमा कुन लगाउने जनजातिलाई गाह्रो छ नै ।

(८) यँ ङ न र ण सबै मेरो बोलीलाई बोकÞ्ने अक्षर हुन। यीनलाई एउटा न ले मात्र पुग्दैन। ण र न को सामंजस्य ता बोलीमा नीक्कै देखिन्छ( जस्तै कारण. कारन, गणेश. गनेस. तर ङ चाहि न बन्न सक्दैन। जस्तै ओखलढुङ्गालाई ओखलढुनगा भनेर हुन्न । जेजस्तो होस् अहिलेको व्यवस्थामा जसोतसो काम चलाऊँदै आका छौं। यसमा चलखेल गरेमा मजस्तालाई गाह्रो हुन्छ नै । तथापि म भन्दै छु । जे बोलिन्छ त्यही लेखिन्छ । आफूले भन्न खोजेको कुरो बुझाउने हो बुझ्छन भने पुग्यो । गर्ने नसक्ने भएपछि टेर्ने आँट पनि नहुँदो र छ । अस्तु ।

Facebook Comments

सम्बन्धित

Leave a Comment