खोटाङ संघीय समाजवादी फोरम विभाजन संकेत

समाचार

एविसि खबर

खोटाङ, २९ भदौ । खोटाङस्थित संघीय समाजवादी फोरममा विभाजन आएको छ । निवर्तमान अध्यक्ष सुर्यबहादुर राईको नेतृत्वको टिमलाई समावेश नगराई नविन राईको नेतृत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेसँगै फोरममा विभाजनको संकेत देखिएको हो ।

सुर्यबहादुर राईले स्थापना कालदेखिनै नेतृत्व गर्दै आएको भएपनि पछिल्लो समयमा अर्का कर्णबहादुर खत्रीलाई कार्यबाहक बनाएर बसेका थिए । उनी सहित एमाले त्यागेर आएका मोहन गुरुङ, नेकपा छाडेर आएका अगमसीँ राई, खशक्षेत्री एकता समाजबाट आएका कर्णबहादुर खत्री, खम्बुवानबाट आएका पिके खम्बु र तथा किशोर राईहरुले फोरम छाड्ने तयारी गरेको भन्दै फोरमले नविन राईलाई संयोजक बनाएको छ ।

निवर्तमान अध्यक्ष सुर्यबहादुर राईले पहिचानको मुद्वाको नाममा साथीहरुको संकिर्ण मानिसकता रहेका कारण आफुहरुले विकल्प खोज्न बाध्य भएको बताए । उनले अहिले पनि बहसमा रहेको भन्दै संघीय समाजवादी फोरमको नेतृत्वमा रहेका अरुले समेत अब विकल्प खोज्ने तयारीमा रहेको बताए ।

फोरमका केन्द्रीय सदस्य खोटाङ इन्चार्ज सनबहादुर राईको प्रमुख आथित्य तथा अर्का केन्द्रीय सदस्य देवराज राईको उपस्थितिमा समितिको गठन भएको हो । समितिको उपसंयोजक टंकबहादुर थापा, सचिव प्रेम राई, सहसचिव नैन कटुवाल र कोषाध्याक्षमा निर्मल राई चुनिएका छन् ।

३५ जनाको सचिवालय टीम र १सय ५ जनाको आयोजक समिति बनोएको भेलाले खार्मी गाउँ सम्मेलन समेत सम्पन्न गरेको छ । गाउँ सम्मेलनले पर्शु राईको अध्यक्षतामा गाउँ कमिटी निर्माण गरेको छ ।

Facebook Comments

Leave a Reply