उत्तर–पुर्वपछि उर्वसी ल्याउने तयारीमा सरस्वती

कला

sarswatiएविसि खबर
काठमाडौं, २७ भदौ । पहिलो गीति संग्रह ‘उत्तर–पुर्व’ सफलता पछि नेपाली संगीतमा छोटो समयमा रकपप विधामा स्थापित गायिका सरस्वती लामा उर्वसी ल्याउने तयारीमा छिन् । उनले दोश्रो गीति संग्रह ‘उर्वसी’लाइ छिट्टै बजारमा ल्याउने तयारीमा जुटेकी बताइन् । उनको एल्बम उर्वसीमा जम्मा ६ वटा गीतहरु समावेश रहने उनले जानकारी दिएकी छन् ।

अहिले म्युजिक भिडियो निर्माण र गीत रेर्कडिङमा व्यसत रहेकी उनको आफ्नै स्वर, अभिनय र निर्देशनमा बनेको ‘यो छोरीलाई हेर्दा मात्र नक्कली’ बोलको म्युजिक भिडियो चाडै बजारमा ल्याउने तयारीमा लागेको उनको बताएकी हुन् ।

६ वटा गीत मध्य ‘यो छोरीलाई हेर्दा मात्र नक्कली’ को म्युजिक भिडियो अहिले उनले तयार गरेकी हुन । संचारकर्मी भिम राइको शब्द रहेको यस गितको चर्चा म्युजिक भिडियो आउनु भन्दा अगाडीनै चुलिएको छ । रक, पप, आधुनिक, भजन र पूर्वेली गीत रहेको म्यूजिक एल्बम ‘उर्वर्सी’ ले सफलता पाउनेमा आफु ढुक्क रहेको गायिका लामाले बताइन् । उनले भनिन्, ‘समय अनुकुल युवा पंक्तिलाई मनपर्ने फ्लेबरमा यो गीत बनेकोछ । यसले राम्रै बजारमा लिन्छ भन्नेमा म विस्वस्त छु ।’ साँस्कृतिक भेष भुषामा आधारित शब्द भएकाले पनि यो गीतको चर्चा हुने भन्दै आफुले सकेसम्म यस गीतलाई राम्रो बनाउन मेहिनेत गरेको लामाले बताइन् ।

युवा संगीतकार स्पन्दन स्वरहाङ राईको संगीतमा रहेको उक्त गीत काठमाडौँको रमणीय स्थल फर्पिङ र ठमेलको टनेल डिस्कोमा छयांकन गरिएको छ । एकदम मेहनत साथ तयार पारिएको उक्त म्युजिक भिडियो चाडैनै नेपाली गित संगीत प्रेमीहरु बीच आउने कुरा पनि गायिका लामाले बताइन । म्युजिक भिडियोको निर्देशन गायिका स्वयमले गरेकी छिन भने छायाँकन अमृत सुनुवारले गरेका हुन । कोरियोग्राफर संजय लामाले रकब्याण्डसंग हिपहप खाले नृत्य निर्देशन गर्नेछन् र भिडियोमा मोडल पनि गायिका सरस्वति लामालाईनै देख्न सकिने छ । मिठो स्वरकी धनि तथा हर प्रकारको गित गाउन सक्ने खुबी भएकी गायिका सरस्वति लामाले आफ्नो दोश्रो गीति एल्बम नेपाली दर्शक सामु लिएर आउन लागेको र आफुले यस एल्बममा धेरै मेहनत गरेको र दर्शक श्रोताहरुले मन पराउनेमा उनि बिस्वस्त छिन ।

Facebook Comments

Leave a Reply