अस्पतालको उपकरण कवाडीको भाउमा लिलाम

एविसि खबर
काठमाडौं, २६ भदौ । जिल्ला अस्पताल खोटाङमा रहेको करोडौँका उपकरण कर्मचारीको मिलेपतोमा कवाडीको भाउमा लिलाम बिक्री गरेको पाइएको छ । अस्पतालका भण्डारण शाखा प्रमुख नायब सुब्बा मणिराम ढकाल लगायत केही कर्मचारीको मिलेमतोमा ११२ थान उपकरण २६ हजार ५ सय रुपैयामा लिलाम बिक्री गरेको खुलेको छ ।

जिल्ला अस्पताल तर्फका ७२ र जनस्वास्थ्य कार्यालयका ४० प्रकारका उपकरण तथा सामाग्री गत फागुनमै लिलाम बिक्री गरेको पाइएको हो । उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुका अनुसार अस्पताल विकास समितिलाई समेत जानकारी नगराइ करोडौँको उपकरण कवाडीको भाउमा बिक्री गरेको खुलेको हो ।

अस्पतालले कवाडी भनेर लिलाम बिक्री गरेको सबै उपकरण मर्मत गरेर खोल्न लागिएको निजी अस्पतालमा उपयोगमा ल्याउने तयारी गरेको पाइएपछि स्थानीयले थाहा पाएर यस्को विरोध सुरु भएको छ । सस्तो मुल्यमा जिल्ला अस्पतालको उपकरण निजी अस्पतालमा पु¥याइनुमा कर्मचारीकै मिलेमतो रहेको दिक्तेलका छत्रकुमार बजिमयले जानकारी दिएका छन् । सार्वजनिक सम्पत्ति लिलाम बिक्री गरिएको विषयमा कसैलाई पनि जानकारी नदिइ केही कर्मचारीको मिलेमतोमा आवश्यक कागजात तयार पारेर बिक्रि गरिएको भन्दै यसको चर्को आलोचना हुन थालेको छ । बजिमयले भने, ‘लिलाम बिक्री गरिएका सामानको हालको अनुमानित मुल्य नै तोकिएको छैन । यसप्रति सम्बधित निकायबाट तत्काल छानविनगरी कारबाही हुनुपर्छ ।’

कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन–१६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि सूचना टाँस गरेको पाइएको छ । लिलाम बिक्री गरिएका कतिपय उपकरणहरु सिल प्याक नै नतोडिएको रहेको पाइएको खरिद गर्नेमध्येका एक सदस्यले जानकारी दिएका छन् ।

जिल्ला अस्पतालले बिक्रि नासी काम नलाग्ने भएको समान मिनहा गर्न नमिलेको सामन्य प्रक्रिया पु¥याएर लिलाम गरेको जनाएको छ । लिलाम गर्न बनाइएको निर्देशिकाले ३ लाख भन्दा बढी मुल्यांकन हुने समानको लिलाम गर्दा राष्ट्रिय स्तरको पत्रपत्रिकामा सार्वजनिक सुचना प्रकाशन गर्नु पर्ने नियम भएपनि मुल्यांकन नै नगरी करडौंको समान २६ हजार ५ सय बेचेको पाईको छ ।

कार्यालयमा रहेका उपकरणहरु काम नलाग्ने भएरै लिलाम बिक्री गरिएको ढकालले बताएका छन् । जिल्लामा भर्खरै खुल्न लागेको नीजि अस्पतालमा पु¥याईएको समान शिल नै नतोडिएको समेत रहेको खरिदकर्ताले जनाएका छन् । जिल्ला जनस्वास्थ्य प्रमुख चिकित्सक डा. रामबहादुर केसीले भने अस्पतालको उपकरण लिलाम बिक्री र दिक्तेलमा निजी अस्पताल सञ्चालन गर्ने तयारी संयोग मात्र भएको बताएका छन् । उनले भने, ‘हामीलाई आधिकारिक रुपमा अस्पताल खोल्नका लागि निवेदन आएको छैन ।’

अस्पतालको समानहरु विक्रि गर्न कोलेनिका प्रतिनीधि लेखप्रसाद आचार्य, जिल्ला प्रशासन कार्यलयको प्रतिनिधी टंक आचार्य र अस्पताल प्रमुख रहेको उपसमितिले मुल्यांकन तथा लिलाम गर्ने निर्णयमा सहि गरेका हुन् । विषय विज्ञको अनुपस्थिती र अस्पतालमा आएको उपकरणहरुको बारेमा खास जानकार नभएका कर्मचारीहरुलाई समिति बनाइदिएर उक्त सामाग्री विक्रि गरिएको स्थानीयको आरोप छ । जिल्ला अस्पतालमा सामन्य विरामीको समेत उपचार हुन नसकेर महँगोमा काठमाडौं सम्म पु¥याउन बाध्य बनाएको भन्दै उनीहरुले नाकमा मकैको दाना अडकिएको बच्चाको उपचार सिजर नभएकाले नसकिने भन्दै पठाउने तर सिजरहरुको प्याकेट चाहीँ लिलाम हुनुले शंका गर्ने प्रशस्त आधार रहेको बताएका छन् ।

अस्पतालले ४ थान प्रिन्टर क्यानल, ७ वटा कम्प्यूटर डेस्कटप, दुई थान फ्याक्स मेसिन, दुई वटा जेनेरेटर, एक थान फोटोकपी मेसिन, ८ वटा स्टेप्लाईजर, एक थान फलामे सेफ, दुई थान यसिका क्यामेरा, एक थान सामसुङ मुभी क्यामेरा, एक थान पानासोनिक रेडियो क्यासेट रेकर्डर, दुई वटा कम्प्युटर टेबल, दुई थान कम्प्युटर कुर्सी, दुई थान कलर टेलिभिजन, दुई थान पोर्टेबल जेनेरेटर, एक वटा पेसेन्ट ट्रली, एक वटा ह्वील चियर, चार थान ईसिजि मेसिन, चार वटा एक्स–रे मेसिन, एक थान एचपी लेजर जेड प्रिन्टर, एक थान युपिएस, ११ वटा स्टेथेस्कोप, ३८ वटा बिपि सेट, २१ वटा हस्पिटल बेड, १३ वटा बेडसाइड लकर, एक थान बेड लेबर डेलीभरी टेबल, दुई थान स्ट्रेचर, चार थान अटोस्कोप, एक थान माइस्क्रोस्कोप लगायतका उपकरण तथा सामानहरु लिलाम बिक्री गरेको पाइएको छ । अस्पताल विकास समितिका सदस्य ज्ञानेन्द्र जोशीले अस्पतालको सामान लिलाम बिक्री भएको विषयमा समितिलाई कुनै जानकारी नभएको बताए ।

कसैलाई पनि थाहा नदिइ सार्वजनिक सम्पत्ति लिलाम बिक्री गरेको पाएपछि उद्योग वाणिज्य सङ्घको आग्रहमा सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । बैठकले अस्पतालको सामान लिलाम बिक्री भएको विषयमा स्पष्ट जानकारी दिन अस्पताललाई पत्राचारसमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताएका छन् ।

m5321

जिल्ला अस्पताला तर्फका उपकरण तथा सामग्रीहरु

0 g-sw-ka-2g-sw-ka-1

Facebook Comments

सम्बन्धित

Leave a Comment